नगर स्तरीय भजन प्रतियोगितामा परम्परागत लोक संस्कृति प्रतिस्ठान दोस्रो

कपिलवस्तु । बाणगङ्गा नदिको उदगम स्थाल सहित बाणगङ्गा नगरका विभिन्न धार्मिक स्थलको महिमालाई संक्षिप्त रुपमा समेटेर बनाइएको मौलिक भाकाको भजन प्रस्तुतिले उपस्थित सबैलाइ उत्साहित बनाउदै दोस्रो स्थान हासिल गरेको छ।बाणगङ्गा प्रज्ञा प्रतिश्ठानको आयोजनामा भएको नगर स्तरिय भजन प्रतियोगितामा आज ३३ टिम दर्ता भएमध्ये २९ प्रतियोगी टिम बाट नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानको दुर्गा भगवती भजन […]

पाल्पाका जनक न्यौपाने समानुपातिक सूचिमा पर्नु गौरवको विषय

पाल्पा।  पाल्पा जिल्लाको स्थायी ठेगाना भएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता जनक न्यौपाने राष्ट्रिय राजनीतिमा उदाउँदै गरेका पात्रका रूपमा देखिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सूचिमा परेपछि पाल्पा र कपिलवस्तु दुवै जिल्लामा खुसीयाली छाएको छ। व्यवसायिक क्षेत्रमा उनले स्थापना तथा नेतृत्व गरिरहेको ग्लोबल डेरी प्रा। लि। ले हाल कपिलवस्तु लगायत देशका विभिन्न […]

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

काठमाडौँ । शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।

सामाजिक अभियानमा बैरिया युवा समाज : आज देउराली घाटमा सरसफाइ

शागर बेल्बासे कपिलवस्तु । बाणगङ्गा नगर भित्रका धेरै ले मृत्यु पछि मृतकको अन्तिम संस्कारको लागि बाणगंगा नगरपालिकाको उत्तरी भेगमा पर्ने देउराली घाटले परिचीत बाणगङ्गा नदिमा दाहासंस्कारका लागि लैजाने गर्दछन। बाणगङ्गा १ का युवाहरूको सक्रिय सहभागिता रहेको बैरिया युवा समाजको नेतृत्वमा आज संस्थाका सम्पूर्ण पदाधिकारी ,सल्लाहकार ,सदस्य एबम यश क्षेत्रका नागरिक, मनकामना सामुदायिक बनका अध्यक्ष मुक्त […]

गोरखामा रास्वपा नेता चढेको गाडी तोडफोड

काठमाडौँ । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेको गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ को वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेको गाडीमाथि तोडफोड गरिएको हो । सो गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाव सदस्य प्रकाश लामिछाने गोरखा पुगेका थिए । पार्किङ गरेर राखेरको गाडीमा अज्ञात […]

ब्राइट लुम्बिनीः विद्यार्थीहरुबिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जितपुरमा अवस्थित ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रालिले जापानिज भाषा अध्ययनरत विद्यार्थीहरूका बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शुक्रबार आयोजित उक्त प्रतियोगिता शैक्षिक वातावरणमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो। संस्थामा जापानिज भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यका साथ कार्यक्रम […]

कपिलवस्तुमा राप्रपाको संगठन विस्तार तीब्र : रेनु सेनसहित दर्जनौँ नेता–कार्यकर्ता राप्रपामा प्रवेश

कपिलवस्तु । फागुन २१ गते हुने आमनिर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले कपिलवस्तु जिल्लामा आफ्ना राजनीतिक गतिविधिहरू तीव्र पारेको छ। पार्टीले वडा, नगरदेखि जिल्ला तहसम्मका अधिवेशन, संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अभियान अघि बढाएको हो। यसैक्रममा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी महिला नेतृ रेनु सेन राप्रपामा प्रवेश […]

राप्रपा कपिलवस्तुको अध्यक्षमा सिंह पुनः निर्वाचित

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको जिल्ला अधिवेशनबाट नारायण बहादुर सिंह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। आज बुधबार सदरमुकाम तौलिहवामा सम्पन्न अधिवेशनले सिंहको नेतृत्वमा २८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिका संयोजक प्रभु मिश्रालदेवले अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनका अनुसार निर्वाचित कार्यसमितिको सपथग्रहण […]

शिवराज नगरपालिकाः नीति, बजेट र कानुनी संरचनालाई प्रभावकारी बनाउने

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय सरकारको नीति, बजेट र कानुनी संरचनालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । कार्यलाई प्रभावकारी बनाउ नगरको १८औँ हिउँदे नगरसभाबाट विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै प्रभावकारी बनाउने भएको हो । नगरसभाले आर्थिक तथा प्रशासनिक व्यवस्थालाई सुदृढ बनाउने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । चालू आर्थिक वर्षका कार्यक्रमहरूलाई […]

विजयनगर गाउँपालिकाः सेवाग्राहीका गुनासो सुन्न निःशुल्क टोल–फ्री नम्बर

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सेवाग्राहीका गुनासो, सुझाव तथा सार्वजनिक सेवा सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न निःशुल्क टोल–फ्री नम्बर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको नियमित, आकस्मिक सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाका अनुसार कार्यालयसँग सम्बन्धित सेवा, विकास निर्माण, सरसफाइ, […]