सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्‍याे

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय […]

मतदाता सङ्ग प्रत्यक्ष भेटघाट गर्दै उम्मेद्वार चौधरी

कपिलवस्तु । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फाल्गुण २१ का लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नु भएका विश्राम प्रसाद चौधरी (थारु) ले जनताका सुझाव, राय संकलन गर्दै सीपयुक्त युवा, आत्मनिर्भर समाज निर्माणको अभियानलाई आफुले सार्थक बनाउने विचार राख्नु भयो । उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नं. १ र कपिलवस्तु नगरपालिकाका […]

काँग्रेस उम्मेदवार कमालको दाबीः चुनाव जित्ने मात्र हैन मन्त्री पनि बन्छु

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस बाट उम्मेद्वार बनेका अतहर कमाल मुसलमानले निर्वाचन जित्नको लागि आफुलाई कनै समस्या नरहेको बताएका छन । आफ्नो ईमान्दार छवीकै कारण निर्वाचन जित्ने मात्र नभएर मन्त्री पनि बन्ने उनले दाबी गरेका छन । नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ख क्षेत्रिय समितिले मायादेवी […]

कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योग खुले, ८९ उद्योग बन्द

कपिलवस्तु ।  कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योगधन्दा खुलेका छन । यस्तै सोही अवधिमा भने चल्न गाह्रो भए पछि ८९ उद्योग धन्दा बन्द भएका छन । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन देखि पुस मसान्त सम्म २ सय ५ साना उद्योग र २ सय बाणिज्य फर्म दर्ता भएको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले […]

जनमुक्ति पार्टीको घोषणा पत्र: ५ वर्षभित्रै देशलाई भ्रष्टाचार मुक्त बनाउने

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने लक्ष्यसहितको घोषणा पत्र जारी गरेको छ । जनमुक्तिले देशलाई ५ वर्षभित्रै भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । पार्टीले शुक्रबार बुटवलमा ‘सबैको साथ, सबैको विकास’ भन्ने मूल मान्यतासहित प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका महासचिव टोप अस्लामीले नेपाल एक बहुलबादी समाज भएको राष्ट्र […]

भारतमा सवारी दुर्घटना : एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज । नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्जबाट भारतको सीमावर्ती क्षेत्रमा उपचारका लागि मोटरसाइकलमा जाँदै गर्दा चर्दा जमोक भन्ने स्थानमा बसले मोटरसाइकललाई ठक्कर दिएको भारतको रुपैडिहास्थित भारतीय प्रहरीले जनाएको छ । रुपैडिहा प्रहरीका अनुसार भारत उपचारका […]

बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार […]

‘हाम्रो सारथि नेपाल’ क्लबको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकास गर्दै अन्तरनिहित प्रतिभालाई प्रष्पुटन गर्ने उद्देश्यले ‘हाम्रो सारथि नेपाल’ क्लबले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बाणगंगा–८ स्थित श्री जननी आधारभूत विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय […]

निर्वाचन सुरक्षा बारे मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी प्रमुख बिच छलफल

गुल्मी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीबीच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो। छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी […]

दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेद्वार शर्माको चुनौती

कपिलवस्तु । कपिलवस्तुमा नेपाली कांग्रेसका पुराना र लोकप्रिय नेता हुन् दीपकुमार उपाध्याय । कांग्रेसमा पाँच दशक सक्रिय राजनीति गरेका पूर्वमन्त्री उपाध्यायसँगै छोरा आशिष शर्मा पार्टी राजनीतिमा सक्रिय थिए । निर्वाचनको बेला टिकट वितरणमा कांग्रेसले दुवै जनालाई ‘कर्नर’ मा पारेपछि कपिलवस्तु–१ बाट आशिष अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दीपकुमारको ‘लिगेसी’ले सुशासन, […]