शव भेटिएको ४५ दिनपछि ईशानको अन्त्येष्टि

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको शव ४५ दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेको छ।ईशानको मृत्यु रहस्यमय भएको भन्दै प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै परिवारले लामो समयदेखि शव बुझ्न अस्वीकार गर्दै आएको थियो। प्रहरीको अनुसन्धानले ईशानको मृत्यु सडक दुर्घटनाबाट भएको निष्कर्ष निकालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढेपछि परिवारजन शव बुझ्न तयार भएका […]
उम्मेद्वार कुँवरद्वारा मतदाता भेटघाटलाई तीव्रता

जनहित अनलाइन, कपिलवस्तु । आगामि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि कपिलवस्तुका उम्मेद्वारहरुले प्रचारप्रशारलाई तिव्रता दिएका छन । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गरेका कृष्ण बहादुर कुवँरले पनि मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गाउँ–गाउँ र टोल–टोलमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासँग उनले प्रत्यक्ष संवादलाई […]
दाङबाट काठमाडौं जादैं गरेको बस दुर्घटना: घाइतेहरुको परिचय खुल्यो

दाङबाट काठमाडौं जादैं गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर […]
संविधान संसोधन आवश्यक छ: रास्वपा उम्मेद्वार आचार्य

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता मोहनलाल आचार्यले संविधान संसोधन गर्नुपर्ने बताउनु भएको छ । संविधान र पुराना कानुनहरूका त्रुटीहरुले गर्दा जनतालाई डेलिभरी दिन नसकिने भन्दै संसोधन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । पुराना राजनीतिक दलहरूले पालो गरि गरि देशलाई तहस नहस पारेर युवाहरूलाई […]
अर्घाखाँचीका ३७ मतदानस्थल ‘अति संवेदनशील’

अर्घाखाँची । प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल रहेका छन् । जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए । ‘जहाँ […]
काँग्रेस कपिलवस्तुः ठकुरीको नेतृत्वमा जिल्ला निर्वाचन परिचालन मुल समिति गठन

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्वाचन केन्द्रित समिति गठन गरेको छ । पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति गठन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित तीनै […]
स्वतन्त्र उम्मेद्वार शर्माको चुनाव प्रचार प्रशार व्यापक बन्दै

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा आशिष शर्माले चुनावी प्रचार प्रशारलाई तिव्र पारेका छन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि उनको चुनावी कार्य तिव्र बनेको हो । सोहि अनुरुप आज १४ गते शुद्धोधन गाउँपालिका–५ हथिहवामा वृहत जमघट गरिएको छ । त्यस्तै […]
नेकपा केन्द्रीय सदस्य कृष्णा केसी पार्टीबाट निष्कासित

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एक पत्रमार्फत जानकारी गराएका हुन् । ‘आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली […]
कपिलवस्तुमा ६ महिनामा ३९ नयाँ कुष्ठरोगी फेला

कपिलवस्तु । पछिल्लो छ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उक्त संख्यामा नयाँ कुष्ठरोगी पहिचान भएका हुन्। ढकालका अनुसार सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा ११ जना कुष्ठरोगी फेला परेका छन्। नयाँ ३९ जना बिरामी थपिएसँगै चालु आर्थिक वर्षको पुस […]
भाषण भन्दा काम गरेर देखाउनेछुः कृष्ण कुँवर

जनहित अनलाइन, कपिलवस्तु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार कृष्ण बहादुर कुवरले भाषण भन्दा काम गरेर देखाउने बताएका छन । बाणगंगामा चुनाव प्रचार प्रशास सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनताको विश्वासलाई कामबाटै प्रमाणित गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै कपिलवस्तु लगाएत क्षेत्र […]