बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका-१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो । काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल […]
स्वतन्त्र उम्मेद्वार शर्माः विदेशमा रहेका मतदातासँग अन्तरक्रिया गर्दै

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले विदेशमा रहेका यस क्षेत्रका मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्न आह्वान गरेका छन्।मंगलबार भिडियो सन्देश सार्वजनिक गर्दै उनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेशमा रहेका मतदाताको आवाज र सुझाव आफ्नो चुनावी अभियानका लागि महत्वपूर्ण रहेको बताएका छन् शर्माले देशबाहिर रहे पनि मतदाताको […]
पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट छ। भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। यसतर्फ लक्ष्य गर्दै सभापति लामिछानेले आज फेसबुकमा लेखेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला […]
मतदाताहरूले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै चरणबद्ध रूपमा समाधान गर्ने उम्मेदवार चौधरीको प्रतिबद्धता

वाणगंगा । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नु भएका विश्राम प्रसाद चौधरीले जनताले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्याक्त्त गर्नु भएको छ। उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नं. १ तथा कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकहरूसँग […]
संसद छिर्ने पहिलो जमर्कोमा कुँवर, संसद छिरेकालाई ठुलो तनाव

चन्द्रकान्त न्यौपाने, जितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि कपिलवस्तुको क्षेत्र नम्बर १ मा यसपटक हेवीवेट भीडन्त हुँदैछ । नेपाली काँग्रेशको तर्फबाट २ पटकसम्म संसद छिरेका अतहर कमाल मुसलमान, नेकपा एमालेको तर्फबाट संविधान सभा सदस्य बनिसकेका विश्राम प्रसाद थारु, काँग्रेशका बागी उम्मेदवार आशिष शर्मा, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कृष्ण […]
लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ५, सङ्ख्या १४, मिति २०८१ चैत २१ बमोजिम यस वर्ष पनि स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय […]
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु। पाँच हजार ३३५ कायम भएको छ । सोमबार एक तोला छापावाल सुन […]
रुपन्देहीमा धान बोकेको ट्याक्टरसँग स्कुल बस ठोक्किँदा २१ जना विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर एक आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ८६७५ नम्बरको स्कुल बस र लु३त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ […]
कपिलवस्तु १ मा राप्रपाको चुनावी अभियान तिव्र, लवनी र पकडीमा सम्पपर्क कार्यालय

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको क्षेत्रनम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियानलाई तिव्रता दिएको छ । आगामी फागुन २१ ग्ते हुन लागेको निर्वाचनको लागि राप्रपाले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोल्ने, मतदाता भेटघाट लगायतका चुनावी कार्यलार्य तिव्रता दिएको हो । यसै बिच राप्रपाले सोमबार सुद्धोधनको लवनी र मायादेवीको पकडीमा सम्पर्क कार्यालय उद्घाटन गरेको […]