स्वतन्त्र उम्मेद्वारी दिएका आशिष शर्माः यस्तो छ व्यवसायीक देखि सामाजिक जीवन

जनहित अनलाइन, कपिलवस्तु । देश यतिबेला चुनावमय भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रमा राखेर उम्मेद्वारहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन । कपिलवस्तु पनि यसबाट अलग हुन सकेको छैन । यसैबीच कपिलवस्तुको क्षेत्रनम्बर १ मा विभिन्न राजनैतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार बिचको टकराब रोचक बन्ने देखिएको छ । […]
राप्रपा प्रति जनलहर बढ्दो छः उम्मेद्वार कर्मी

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्रनम्बर १ ले निर्वाचन लक्षित घरदैलो अभियानलाई तिव्रता दिएको छ । राप्रपाले क्षेत्रनम्बर १ को दक्षिणी भेगबाट घरदैलो अभियानलाई तिव्रता दिएको हो । यसैबिचमा क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार शत्रुघर विलास सिंह कर्मीले विगतदेखि नै आफुले जनताको आवाज बोलिरहेको भन्दै संसदमा पुगेर पनि […]
सिद्धार्थ क्याम्पसद्वारा बि.बि.एस चौथो वर्षका विद्यार्थीलाई प्रतिवेदन लेखन अभिमुखीकरण

बिष्णु खरेल , कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्ची , कपिलवस्तुले बि.बि.एस चौथो वर्षका विद्यार्थीहरूलाई अनुसन्धान प्रतिवेदन लेखन अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन विभागको आयोजनामा बुधबार क्याम्पसमा विद्यार्थीहरूलाई लेखन अभ्यास सङ्गै अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । अनुसन्धान विधि विषय अन्तर्गत पर्ने 50 नम्बरको व्यावहारिक अभ्यासको अनुसन्धान प्रतिवेदन लेखनलाई सहज गराउने […]
कपिलवस्तु १ मा रास्वपा उम्मेदवार आचार्यको मतदाता भेटघाट अभियान तिव्र

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेद्वारी दिएका मोहनलाल आचार्यले मतदाता भेटघाटलाई विशेष प्राथमिकताका साथ तिव्र पारेका छन । उनी अहिले मतदाताका समस्या तथा सुझाबहरू सङ्कलन गर्दै भेटघाटलाई तिव्र बनाएका हुन । आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, […]
जनमत बटुल्दै काङ्ग्रेस उम्मेद्वार मुसलमान

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कपिलवस्तुमा चुनावी चहलपहल तिव्र बनेको छ । पार्टीका उम्मेद्वार देखि स्वतन्त्र उम्मेद्वारहरुले मतदाता सङ्ग भेटघाट गरि माहोल आफ्नो पक्षमा बनाउन प्रयासरत रहेका छन । यसैबिच नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेद्वार अत्तहर कमाल मुसलमानले पनि मतदाता भेटघाटलाई तिव्र पारेका छन । संविधानसभा […]
मतदातासंग निरन्तर संवाद गर्दै कपिलवस्तु २ का रास्वपा उम्मेद्वार थापा

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु निवाचन क्षेत्रनम्बर २ बाट उम्मेदवारी दिएका पूर्व एसएसपी विक्रम सिंह थापाले मतदातासंगको भेटघाट तथा संवादलाई तिव्र पारेका छन । उनले मतदाताको घरदैलोमै पुगि सुझाब संकलन गदै संवादलाई निरन्तरता दिएका हुन । मतदाता भेटघाटको क्रममा उनले किसान, व्यवसायी, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय […]
‘निर्वाचन रोकिन्न, सत्ता हस्तान्तरण हुन्छ’ प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छिन्। उनले सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन्। उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने बताइन्। उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरू ओसारेर भए पनि […]
सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै […]
कपिलवस्तु आएका प्रहरी महानिरीक्षक कार्कीद्वारा गुरुकुलका बटुकलाई खाद्यान्न सहयोग

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा बाणगंगा नगरपालिका–२ स्थित मनकामना संस्कृत विद्यापीठ गुरुकुल, कैलास आश्रम नन्दनगरमा अध्ययनरत बटुकहरूका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ। खाद्यान्न सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुरुकुलमा अध्ययनरत बटुकहरूलाई सामग्री हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोगले गुरुकुलमा अध्ययनरत बटुकहरूको शैक्षिक […]
बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।