प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिन एमाले सांसदलाई ओलीको आग्रह

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बिना हिचकिचाहट मत दिन सांसदहरूलाई आग्रह गरेका हुन्। ‘हामी एकदम खुलेर, दिल खोलेर भोलि बिना हिचकिचाहट, मनको कुनामा कतै नराखेर, सकारात्मक […]

ज्ञवालीको व्यङ्ग्य: द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

रोल्पा । नेकपा एमालेका महासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ‘दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन,’ उपमहासचिव ज्ञवालीले भने, […]

घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक युवकको शव फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको हत्या भएको छ । बारा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो । उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला […]

त्रिदेशीय टी–२० क्रिकेटको उपाधिका लागि भोलि नेपाल र पीएनजी खेल्ने

काठमाण्डाै । हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो । हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले […]

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका दाहाल विजयी

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे । अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको […]

दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

घोराही। दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपादिलका –३ वनगाउँमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदैगरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा लमही नगरपालिका–४ निवासी करिब ४० बर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार बसको ठक्करबाट गम्भीर घाइते […]

सुस्मिता हत्या प्रकरण: मुख्य योजनाकारले नै सफाई पाएको भन्दै माइती पक्षद्वारा विरोध

चेतन विष्ट, कपिलवस्तु । २०७७ सालमा हेटौंडामा छोरी सुस्मिता केसीको हत्यामा मुख्य योजनाकार भनिएका दुई जनालाई उच्च अदालतले सफाई दिएपछि उनको माइती परिवार पुन आन्दोलनमा उत्रिएको छ । लामो संर्घस पछि जिल्ला अदालतले हत्याराहरुलाई कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालतले मुख्य योजनाकार अरुण कार्की र दुर्गा थापा कार्कीलाई नै छुटाएको भन्दै आन्दोलनमा उत्रिएका हुन । […]

लुम्बिनी सरकार जोगाउन मुख्यमन्त्रीको दौडधुप

बुटवल । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बहुमत जुटाउने प्रयासमा सक्रियता बढाएका छन् । मुख्यमन्त्री चौधरीलाई अहिले ४३ प्रदेशसभा सदस्यको साथ छ । जनता समाज पार्टी संघीय सरकारको नयाँ गठबन्धनमा सामेल भएपछि चौधरीले सरकारमै रहेको नागरिक उन्मुक्तिलाई थप मन्त्रालय दिएर भए पनि सरकार जोगाउने प्रयत्नमा लागेका छन् । उनले शनिबार नागरिक […]

नयाँ गठबन्धनलाई २०८४ सालसम्मै लैजान्छौं : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेृत्वमा सरकारमा सहभागी भएपछि पहिलो पटक बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा […]

लुम्बिनीमा फोहोर व्यवस्थापनको चुनौती

भैरहवा । फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्र लुम्बिनी दुर्गन्धित बन्दै गएको छ । लुम्बिनी विकास कोषले पटक-पटक पवित्र क्षेत्र लुम्बिनीमा फोहोर नफ्याँक्न आग्रह गरेपनि बेवास्ता गर्दै स्थानीय र होटल व्यवसायीले डम्पिङसाइट जस्तै गरी लुम्बिनीको पर्खालभित्र फोहोर फाल्दै आएका छन् । जसले गर्दा लुम्बिनीको दक्षिणतर्फको पर्खाल क्षेत्र दुर्गन्धित बनेको छ । लुम्बिनी संस्कृति नगरपालिकाले पनि स्थानीय […]