सुनवलबाट भन्सार छली गरेको ७ लाखको कपडा बरामद

परासी । पश्चिम नवलपरासीको सुनवलबाट प्रहरीले भन्सार छली गरेको ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अर्न्तगत सुनवलमा बा प्र ०३ –००१ ख २६४८ नम्बरको बसको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले १४ बोरा कपडा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार कपडा तस्करी भइरहेको भन्ने […]

प्रचण्डलाई मैले प्रधानमन्त्री बनाएको हो, कांग्रेसले विश्वासको मत दिए हुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले प्रधानमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका छन् । उनले पोहोर कांग्रेसले भोट नमागी आफै हौसिएर दिएको भन्दै अहिले विश्वासको मत नदिनुको कुनै कारण नभएको बताएका छन् । प्रतिनिधि सभामा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे […]

२२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र केही चार्टर विमानले ४५० उडान गरेको विमानस्थलले जानकारी दिएको छ । जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स […]

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । “यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी […]

चैतका लागि बैंकहरूले घटाए ब्याजदर

फागुनको तुलनामा चैत महिनाका लागि एउटा बैंकले ब्याजदर बढाएको छ भने दुईको स्थिर छ । बाँकी १७ बैंकले घटाएका छन् । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा […]

‘सरकारले दैलो बाट निस्किएपछि कर तिर्नुपर्ने बाध्यता गरायो’

चेतन विष्ट, कपिलवस्तु । घरको दैलो बाट निस्केपछि कर तिर्न सुरु गर्नुपर्ने बाध्यता आएको उद्योगी तथा व्यवसायीहरुले गुनासो गरेका छन । राज्य एउटा भएपनि कर भने एउटै कामको लागि धेरै पटक तिर्नुपरेको भन्दै ऊनीहरुले गुनासो गरेका हुन । मङ्गलबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको आगामी वर्षको निति तथा कार्यक्रम एवं बजेट निर्माणमा सरोकारवालाहरु सङ्ग […]

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण

काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पाैडेलले शपथ गराउनुभयाे । राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएकाे मतदानमा दाहालकाे पक्षमा ३९ र विपक्षमा १७ मत खसेकाे थियाे । दाहालले सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । दाहालका […]

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा

काठमाडौ ।  जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए । कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए । […]

मकवानपुर बाट ८४ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको नेवारपानीबाट ८४ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा नेवारपानीस्थित सडक किनारबाट भारतीय […]

गुल्मीका एक युवा रुपन्देहीबाट ४ दिनदेखि वेपत्ता

गुल्मी । गुल्मीका एक युवा रुपन्देहीको सुनवलबाट चार दिनदेखि वेपत्ता भएका छ्न् । जिल्लाको मुसिकोट नगरपालिका–२ भर्जुवा घर भई रुपन्देहीको सुनवल नगरपालिका–४ पाँचघरे टोल बस्दै आएका १८ वर्षीय मदन नेपाली फागुन २६ गतेदेखि वेपत्ता भएका हुन । बोल्न नसक्ने उनी सुनुवलबाट एउटा फ्याक्ट्रीको गाडी चढेर हिँडेको दिनदेखि वेपत्ता भएको उनकी दिदी मिठु नेपालीले जानकारी दिईन […]