पोखराथोकमा बाँदरबाट बाली जोगाउन किसानलाई भोटे कुकुरु
अर्घाखाँची । अर्घाखाँचीको पोखराथोकमा बन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका -२ पोखराथोकमा कृषकको मागका आधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताए । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी कृषककै मागका आधारमा भोटे कुकुर वितरण गरिएको हो । बादर लागेर […]
संसारकै धेरै वायु प्रदूषण भएको देशमध्ये नेपाल आठौँ स्थानमा
काठमाण्डाै । विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ । स्विट्जरल्यान्डमा रहेको ‘आईक्यू एअर’ नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो । ‘आईक्यू एअर’ ले विश्वका एक सय ३४ वटा देशको हावाको गुणस्तर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । गएको वर्ष सार्वजनिक […]
कपिलवस्तु प्रशासनको आग्रहः आगलागीजन्य विपदका घटनामा सचेत बनौँ
जनहित अनलाइन, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हावाहुरीको समय जोखिमपुर्ण रहेकाले यसबाट सावधानी अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासनले नेपाल बहु प्रकोपीय जोखिममा रहेको राष्ट्र रहेको भन्दै यतिबेला हावाहुरी र सुख्खा मौसमको सुरुवातसँगै अनेकौँ विपद आउने भन्दै सचेत रहन आग्रह गरेको हो । जोखिमको कारण प्रकोप विपदमा परिणत हुँदा ठूलो […]
पाल्पाबाट चार हजार बढी एसइईमा सहभागी हुँदै
तानसेन। पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् । तीमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ […]
सुनसरीबाट करिब १ सय ६३ किलो गाँजा बरामद
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा गए राति इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले नदीको किनारमा बेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले […]
हल्का वर्षाले डढेलो नियन्त्रणमा राहत
काठमाडौं । हिउँद लागेपछि नेपालमा डढेलोले ठूलो रूप लिन्छ, ठूलो जनधनको क्षति हुँदै आएको छ । नेपालमा अहिले डढेलोको प्रकोप छ, ६ चैतमा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो । मंगलबार आगलागीबाट एक जनाको मृत्यु भयो । पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार […]
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द हुने
गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत […]
शालिन मृत्यु प्रकरणः पक्राउ परेका तीनै जना धरौटीमा रिहा
काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् । शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा […]
७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या
काठमाडौं । काठमाडौं उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक […]
सन्धिखर्कमा सासु–ससुराको स्याहार गर्ने ७५ असल बुहारी सम्मानित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ । […]