चिल्ड्रन प्याराडाइसको वार्षिकोत्सव तथा परिक्षाफल प्रकाशन सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । चिल्ड्रन प्याराडाइस इङ्गलिश बोर्डिङ्ग स्कुलको वार्षिकोत्सव, परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयको प्राङ्गणमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले विद्यार्थीहरुको मनोबल सङ्गै शैक्षिक गुणस्तर […]

अर्घाखाँचीको पाणिनीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, ७ घाइते

अर्घाखाँची । अर्घाखाँची पाणिनी गाउँपालिका–८ को कोलडाँडामा भएको कार दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । अर्घाखाँचीबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको […]

कतारमा ५५ जना नेपाली कामदार अलपत्र

काठमाडौँ । कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई कम्पनीले ५ महिनादेखि तलब दिइएको छैन । कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको छ । अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् । उनीहरूलाई अल नासेर म्यानपावर कम्पनीले दुईदेखि तीन लाख रुपैयाँ लिएर कतार […]

राष्ट्रिय सभाको उपाध्यक्षमा कपिलवस्तुकी घिमिरे निर्वाचित

काठमाण्डाै । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आज बुधवार राष्ट्रिय सभामा भएको चुनावमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारूढ दलहरूको […]

रुपन्देहीको सैनामैनामा ८ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं। ७ रामवस्ती बस्ने मोहन भुसालका ८ वर्षका छोरा आयुस भुसालको खोलामा डुबेर मृत्यु भएको छ ।घरदेखि २ सय ५० मिटर उत्तरमा रहेको ईगरिया खोलामा बालकको शव फेला परेको सालझण्डी प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ६ बजेदेखि बच्चा हराएपछि घर परिवारले स्थानीय र प्रहरीलाई खोजी गर्न अनुरोध […]

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार नाघ्यो

काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै […]

शिवराजमा टिप्परको ठक्कर बाट सहचालकको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा सडक दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा न ९ को दश नम्वरमा टिप्परको ठक्करवाट उक्त टिप्परकै सहचालकको मृत्यु भएको हो ना ७ ख ९०२३ नम्वरको टिप्परको ठक्करवाट विजयनगर गाँउपालिका वडा न २ जर्लैयाका १८ वर्षिय ईरफान भाट मुस्लमानको ज्यान गएको ईलाका प्रहरी कार्यालय सुन्दरीडांडाले […]

गुजरातलाई हराउँदै नेपालले जित्याे टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि

काठमाण्डाै । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा नेपालले गुजरातलाई १८ रनले हरायाे । नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्याे । गुजरातका उमाङ्ग राेहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले […]

लुम्बिनीमा मुख्यमन्त्री महराद्वारा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।   नयाँ मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन जना मन्त्री नियुक्त हुनुभएको हो। नेकपा (एमाले) लुम्बिनी प्रदेश […]

लुम्बिनीका मुख्यमन्त्री महराले लिनुभयो शपथ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री महरालाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। प्रदेश प्रमुख शेरचनले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार लुम्बिनी प्रदेशको […]