जनप्रतिनिधिको संख्या ५० प्रतिशतले घटाउन आवश्यक छ: भण्डारी

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले जनप्रतिनिधिहरुको संख्या ५० प्रतिशतले घटाउनु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य भण्डारीले जनप्रतिनिधिसँगै कर्मचारीको संख्या पनि घटाउनु पर्ने बताएका हुन् । स्थानीय तहहरुले राम्रो काम गरिरहेको बताउँदै प्रदेश र केन्द्रमा धेरै मन्त्री हुँदा […]

बाणगङ्गामा एकै ठाउँ महिला र पुरुषको शव फेला

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा २ जना मृत फेला परेका छन । शनिबार बाणगंगा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो । लालमटिया सामुदायिक वनमा कप्टैयाकै ५० वर्षीय विष्णु प्रसाद घिमिरे र कञ्चन गाउँपालिका ५ निवासी ४५ वर्षीया यमकला राना […]

नेपालममा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्दै

काठमाण्डौ । नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै किसिमको सुर्तीजन्य […]

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार रुपैयाँ पुग्याे

काठमाण्डौ ।  सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ […]

अर्घाखाँचीका आचार्यको नेतृत्वमा एमाले लुम्बिनी सरकारमा जाँदै

देउखुरी । संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा एमाले लुम्बिनी सरकारमा सहभागी हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । आचार्य तेस्रो पटक मन्त्री बन्दैछन् । अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए […]

खासाबाट ९ वर्षपछि सामान लिएर फर्किंदै नेपाली कन्टेनर

सिन्धुपाल्चोक । भोटेकाशी गाउँपालिका वडा नम्बर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका हुँदै नौ वर्षपछि पहिलो पटक नेपाली कन्टेनर खासाबाट सामान लिएर फर्किएका छन् । चिनियाँ नाका झाङ्मु अर्थात् तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिने चरणमा पुगेका हुन् । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाका […]

फाइनल खेल चलिरहदा मैदानमा कुकुर प्रवेश गरेपछि

बिष्णु खरेल, कपिलवस्तु । बाणगंगास्थित बुद्धरंगशालामा भएको प्रथम तिलौराकोट गोल्डकपको फाइनल खेल हनामी बिएफसी चितवन र नेपाल पुलिस क्लब बिच चलिरहदा खेल मैदानमा कुकुर प्रवेश गर्यो । उक्त समय सम्म एक एक गोल हात पार्न सफल भएको हनामी बिएफसी चितवन र नेपाल पुलिस क्लव बिच प्रतिस्पर्धात्मक खेल भैरहेको थियो । जब मैदानमा कुकुर प्रवेश गर्यो […]

चारनम्बरमा ‘महावीर पुन’ नामक किताब किन्नेको घुइँचो

चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै कपिलवस्तु आइपुग्नुभएको छ । आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उहाँ आज शनिवार बिहान १० बजे जिल्लाको चारनम्बर आइपुग्नुभएको हो । वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उहाँले किताब बेचिरहनुभएको छ । प्रति किताब ७ सय रुपैयाँमा बिक्री भैरहेको उक्त […]

युवा जनशक्तिको वैदेशिक पलायन रोक्न आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ । विराट चक्र विज्ञान एवम् लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरम शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिनुभएको हो । “राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र […]

पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु

धनकुटा । पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले […]