कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि
काठमाण्डाै । वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए । यस्तै विपिन […]
जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बाट एक जना पक्राउ
रूपन्देही । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका(२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरुषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]
कपिलवस्तुको महाराजगञ्जका वडाध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कपिलवस्तु ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता […]
कपिलवस्तुको कृष्णनगरमा एक पुरुष मृत फेला
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा एक पुरुष मृत फेला परेका छन । कृष्णनगर नगरपालिका वडा नम्बर १ को सुन्डरीडाडामा सोमबार बिहान पहिचान खुल्न नसकेका एक पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । बिहान अन्दाजी ७ बजेतिर मृत भेटिएपनि पहिचान हुन नसकेपछि प्रहरीले उनको फोटो सार्वजनिक गर्दै आफन्तलाई सम्पर्कमा आउन आग्रह […]
पश्चिम नवलपरासी बाट भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद
परासी । पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो । आइतबार भन्सार छली गरेर ल्याएको ७ लाख रुपैयाँको सामान र पशुचौपाया पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको हो । जिल्लाको सरावल गाउँपालिका- ७ मधवलिया दशगजा क्षेत्रमा अटोमा […]
कपिलवस्तुमा सुरु भयो हात्तिपाइले विरुद्धको औषधि खुवाउने १६ औँ अभियान
चेतन विष्ट, कपिलवस्तु । बाणगंगा सहित सिङ्गो कपिलवसतुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने १६ औं अभियान आइतबार देखि सुरु भएको छ । १५ औं पटक हात्तीपाइले फाईलेरियाको औषधि खुवाउँदा पनि निवारण हुन नसकेपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको हो । बाणगंगामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले हात्तिपाइले विरुद्धको औषधि खाएर अभियानको सुरुवात गर्नुभयो […]
कपिलवस्तु सहित लुम्बिनीका तराईका जिल्लामा उखरमाउलो गर्मी
बृुटवल । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ । लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध आगामी केही दिनसम्म देशभरको तापक्रम […]
गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते
गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका-४ मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री […]
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?
गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता अरु थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्याइरहेको हुन्छ । पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । १. बडी लोसन नुहाइसकेपछि शरीरमा बडी लोसन […]