पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
तानसेन । पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ –२, सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा –७, जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो । बुटवलबाट दोभान कचल सडक हुँदै सर्वोत्तम सिमेन्ट खानीतर्फ जाँदैगरेको लु २ ख ८७४ नम्बरको टिप्प्रले विपरीत दिशाबाट आइरहेको लु १७ प १५२४ नम्बरको […]
राप्रपा नेता डाँगीको निधनको १३ औं दिनः कपिलवस्तुमा शोक सभा सम्पन्न
जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्व. नेता ठाकुर प्रसाद डाँगीको १३ औँ दिनको पुण्य तिथिमा कपिलवस्तुमा शोक सभा सम्पन्न भएको छ । राप्रपा कपिलवस्तुले राधाकृस्ण मन्दिर तौलिहवामा शनिबार एक मिनेट मौन धारण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हो । गत २०८० चैत्र २७ गते राप्रपाले आयोजना गरेको आन्दोलनको क्रममा घाइते भएका […]
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको विजयी सुरुवात
काठमाडौ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९।४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । नेपालका […]
पानी नपरेपछि नवलपुरका स्थानीयद्वारा संसारीमाईको पूजा
कावासोती । लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् । जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रूपमा संसारीमाईको पूजा गरिएको हो । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि संसारीमाईको पूजा गरिएको हो । स्थानीय मैना श्रेष्ठले वैशाखको आधा महिना जाँदा समेत यहाँ पानी नपर्दा खडेरीका कारण […]
बर्दिया बाट एकै दिन ६ जना फरार अभियुक्त पक्राउ
बर्दिया । बर्दिया प्रहरीले एकै दिक ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । राजापुर नगरपालिका–१ का करिब २३ वर्षीय अशनिग्न चौधरीलाई आफ्नै घरबाट […]
सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी गर्दै सकियो अन्तर व्यवस्थापिका भेला
पाल्पा । लुम्बिनी प्रदेशसभा सचिवालयले पाल्पाको तानसेनमा राखेको तीन दिने अन्तर व्यवस्थापिका भेला सात बुँदै ‘पाल्पा घोषणापत्र’ जारी गर्दै शनिबार सकिएको छ । भेलाले संघीय संसद् र प्रदेशसभाका विगतका सम्मेलन, भेला, अन्तरक्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिवद्धता तथा घोषणाहरुलाई कार्यान्वयन गर्न गराउन अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख छ । मञ्चमा संघीय संसद्का सभामुख, राष्ट्रिय […]
कपिलवस्तुमा औलो रोगी: स्थानीय भन्दा आयतित बढी
कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्षमा ३३ जना औलो रोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ३३ जना औलो रोगी भेटिएका हुन् । निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) कपिलवस्तुमा स्थानीय भन्दा आयतित बढी भएको तथ्यांक पाइएको छ । जिल्ला अस्पतालका औलो रोग फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट […]
एमाले कपिलवस्तुको अधिवेशन वैशाख २६ गते हुने
जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको १० औ जिल्ला अधिवेशन यही वैशाख २६ गते हुने भएको छ । एमाले कपिलवस्तुले वैशाख २९ गतेका लागि तय भएको अधिवेशनको मिति हेरफेर गरि २६ गते गर्न लागेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माका अनुसार अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ […]
नियम अनुसार सामुदायिक अस्पतालका समस्या सम्बोधन गर्न तयार छुः मन्त्री पुन
चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले नियम कानुनले दिए सम्म कपिलवस्तु सामुदायिक अस्पतालको विकासमा सहयोग पुर्याउने बताउनुभएको छ । स्वास्थ्य संवेदनसील क्षेत्र भएकाले यसको विकासको लागि कसैले पनि आफ्ठ्यारो पार्न नहुने उहाँले बताउनुभयो । शुक्रबार कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजना गरिएको स्वागत तथा सम्मान कर्याक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो […]
साउनदेखि लुम्बिनीमा ३२७ आगलागीका घटना, कपिलवस्तुमा मात्र ७७ घर र २७ गोठ जले

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष ३२७ आगलागीका घटनामा २१ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । साउनदेखि वैशाख १२ अर्थात् बुधबारसम्म लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएको आगलागीमा ३०६ घर र २३२ गोठ जलेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीमा १६२ घरका ७६७ जना मानिस विस्थापित […]