सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति
रुपन्देही । रुपन्देहीको उत्तरी सिमानामा रहेको सिद्धार्थ राजमार्गमा निर्माणाधीन बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको कामले गति लिएको छ । कामको गति बढाउन बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएसँगै यसले गति लिने आयोजना कम्पनीले जनाएको छ । सुरुङमार्ग निर्माणको पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता भएपनि गत वर्षबाट मात्रै कामको थालनी भएको थियो । […]
कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते
कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको कपिलवस्तु नगरपालिका– ३ महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइलक दुर्घटनामा परी एक जनाको मृत्यु हो। मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ बर्षिय कुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक […]
बाणगंगामा सञ्चालित कृषि मेलाः ६ हजार बढीले अवलोकन गरे
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बुधबार देखि सञ्चालित बृहत कृषि मेलामा ६ हजार बढीले अवलोकन गरेका छन । आधुनिक कृषि प्रविधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौ भन्ने नाराका साथ बुद्धरंगशालामा सञ्चालन भएको कृषि मेला २०८१ को अन्तिम दिन शुक्रबार सम्म १ हजार विद्यार्थी सँगै ६ हजार भन्दा बढिले मेला अवलोक गरेको नेपाल बिउ तथा […]
लुम्बिनीमा १० महिनामा ४० प्रतिशत मात्र बजेट खर्च
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महिनामा ४० प्रतिशत मात्रै बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेटको ४०.२३ प्रतिशत रकम खर्च भएको छ। पुँजीगततर्फ विनियोजित रकमको ४०.२१ प्रतिशत मात्रै खर्च भएको कार्यालय प्रमुख दीपक ज्ञवालीले बताए। आर्थिक वर्षको अन्त्यतिर आउँदा यहाँ विकासे मन्त्रालयहरूको पुँजीगत खर्च सन्तोषजनक […]
नेपालमा कोभिड–१९ को ‘केपी’ सब भेरियन्ट पुष्टि
काठमाण्डाै । नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी ‘थ्री’ र एक जनामा केपी ‘फो’ सब […]
पाल्पा बाट बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने पुरुष पक्राउ
तानसेन। बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बगनासकाली गाउँपालिका–९, बस्ने २९ वर्षका पदम बस्याल छन् । पक्राउ परेका बस्यालमाथि नजिकैको छिमेकी एक महिलालाई निलडाम हुने गरी कुटपिट गरेको आरोप लागेको छ । गत जेठ ६ गते बिहान पीडित महिला भैँसीलाई लागो लागेको भन्दै झारफुक गर्न घरमा अक्षता लिएका […]
विभिन्न बहानामा नेपालबाट भारत पुर्याइएका ६ बालकहरूको सकुशल उद्धार
भैरहवा। विभिन्न बहानामा नेपालबाट भारत पुर्याइएका ६ जना बालकहरूको सकुशल उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । मानव बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था “किन इन्डिया” ले विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा १३ देखि १७ वर्षका ती बालकहरूको उद्धार गरी भैरहवा ल्याइएको हो । उद्धार गरिएका बालकहरू कपिलवस्तु, अर्घाखाँची, प्युठान, गुल्मी, गोर्खा, र खोटाङका […]
कञ्चन गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी, १४ सय बढीले लिए सेवा
कञ्चन,१५ भाद्र २०८० । रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पुर्याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ नागरिक परिचय वितरण गर्ने व्यवस्था गरिएको थियो । कञ्चनका ५ वटा वडामा हरेक वडामा दुई दिनको दरले घुम्ती शिबिर […]
वन व्यवस्थापनमा नमुना बन्दै लुम्बिनी साझेदारी बन, पालिकालाई डम्पिङ साइट पनि दिने
कपिलवस्तु। रूपन्देहीको कञ्चन गाउँपलिकास्थित लुम्बिनी साझेदारी वनले सञ्चालन गरेको दिगो वन व्यवस्थापन कार्यक्रम निकै प्रभावकारी भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । विगत १० वर्षदेखि सञ्चालन भइरहेको दिगो वन व्यवस्थापनतर्फ वनले धेरै उपलब्धि हासिल गरेको स्थलगत अध्ययनबाट देखिएको हो । मंगलबार वनको कार्यालय रहेको स्थलमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो भने वनले गरेको दिगो वन व्यवस्थापन […]
कपिलवस्तु नगरपालिकाद्वारा प्रहरीलाई दुर्घटना न्यूनीकरणका लागि रोड ब्यारिगेट प्रदान
कपिलवस्तु, फागुन २३ गते । कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरीक्षक नवरत्न पौडेललाई रोड ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा […]