२०६८ सालदेखि फरार बाणगंगाका एक प्रतिवादी पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा २०६८ सालदेखि फरार एक प्रतिवादी पक्राउ परेका छन । २०६८ साल चैत्र २८ गतेको फैसला अनुसार वन मुद्धामा १५ दिन कैद र १ लाख ५० हजार ४२५ रुपैया जरिवाना ठहर भै फरार रहेका बाणगंगा ५ का ४३ वर्षीय राममृष्ण थारु पक्राउ परेका हुन । उनलाई इलाका प्रहरी कार्यालय पिपराको […]

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एक-पटक […]

तिनाउ खोलामा डुबेर एक सातामा दुई जनाको ज्यान गयो

पाल्पा ।  एक सातामा तिनाउ खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बुधबार एक किशोरले ज्यान गुमाएका छन् भने चार दिनअघि भारत गोरखपुरबाट घुम्न आएका एक युवाको तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबानजिक तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७, हिलपार्कका १७ […]

शितगंगा १३ मा जनप्रतिनिधि सङ्ग विद्यार्थी कार्यक्रम

चेतन विष्ट, कपिलवस्तु । खस्किदै गैरहेको शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि अर्घाखाँचीको शितगंगा १३ मा जनप्रतिनिधि सङ्ग विद्यार्थी कार्यक्रम गरिएको छ । विभिन्न कारणले विद्यालयमा विद्यार्थीको सङ्खया घट्दै जानु र शिक्षाको गुणस्तर पनि कमजोर बन्नु अहिले सिङ्गो शितगंगाको प्रमुख समस्या बनिरहेको छ । सोहि समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १३ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट […]

रबि लामिछानेले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना […]

कपिलवस्तुको शिवराजमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै वालापुरमा सवारी दुर्घटना हुदा जलेश्वर प्रसाद थारुको मृत्युु भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका ९ नं बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो । बालापुर मोडमा ना ६ ख ६५६२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार […]

संसदमा रमिता : एकातिर नाराबाजी र होहल्ला, अर्कोतिर विश्वासको मतको प्रक्रिया

काठमाण्डाै । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीचमा प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आज बिहान साढे ११ बजे शुरु भएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गर्नुभएको थियो । तर १५ मिनेटपछि शुरु भएको बैठकमा पनि कांग्रेसले नाराबाजी रोकेन । सभामुखले आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीले विश्वासको मत […]

नियम कानुनलाई टेकेर वन व्यवस्थापन सम्बन्धि कार्य गर्नुहोस्ः सचिव काफ्ले

चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले वन व्यवस्थापनको लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकार सङ्ग समन्वय गर्नुपर्ने बताउदै काम गर्न केहि बढी समय लाग्ने बताउनुभएको छ । नियम कानुनलाई टेकेर जाने हो भने वन व्यवस्थापन सम्बन्धि कार्यको लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । बैज्ञानिक वन […]

नेपाल शिक्षक महासंघ कपिलवस्तुः करिब डेढ सय शिक्षकको उपस्थितीमा विभिन्न कार्यक्रम

चेतन विष्ट, कपिलवस्तु । समाज परिवर्तनको लागि शिक्षा र शिक्षकको भुमिका महत्वपुर्ण हुने जिल्ला समन्वय समिती संयोजक बाबुराम आचार्यले बताउनुभएको छ । समाजको सबैभन्दा अग्र पङ्क्तिमा रहने शिक्षकले नै समाजलाई डोर्याउन सक्ने उहाँले बताउनुभयो । शनिवार नेपाल शिक्षक महासंघ कपिलवस्तुले आयोजना गरेको पदभार ग्रहण, प्रमाण पत्र वितरण भित्तेपात्रो विमोचन र उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो […]