कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट]

पोखरा । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको […]

मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ । दुई वटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूर्ण विवरण […]

बाणगंगा नगरपालिकाको चालु बर्षको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न

जनहित अनलाइन, बाणगंगा । नगरको गतिविधिमा आधारित बाणगंगा नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सहजीकरणमा भएको कार्यक्रममा उपस्थित नगरवासिले शिक्षा, स्वास्थ्य, कृषि, नगरका योजना, विपन्न सुरक्षा आवास, टोल विकास संस्था र बडघरको समन्वय, स्वास्थ्य विमामा भोगेका समस्या लगायत बिषयमा जिज्ञासा तथा सल्लाह सुझाव […]

लुम्बिनी: अन्तिम महिनाको २४ दिनमा ७ अर्ब ६४ करोड २५ लाख बढी बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको २४ दिनमा ७ अर्ब ६४ करोड २५ लाख ६७ हजार ३६० रुपैयाँ बजेट खर्च गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार सरकारी खाता आर्थिक वर्ष सकिनु भन्दा एक हप्ता अघि बन्द गर्नु पर्ने हुन्छ । जस अनुसार […]

देशभर ३८ प्रतिशत रोपाइँ सम्पन्न, लुम्बिनीमा ४४ दशमलव ४ प्रतिशत

काठमाडौँ । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए […]

मनसुन भित्रिएयता ६२ जनाकाे ज्यान गयाे, ९० जना घाइते

काठमाण्डाै । मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाकाे ज्यान गएकाे छ । यस अवधिमा चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले याे तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण […]

देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने

काठमाण्डाै ।  शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाकाे मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ । […]

शिवराजले सञ्चालन गरेको किसान लक्षित कार्यक्रम प्रभावकारी बन्दै

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले किसानलक्षित काम गरेको छ। नगरभित्र पशुपालन गरेका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ। पालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँस खेती गर्नेहरुको खातामा रकम, पशु ब्याएवापत भत्ता‚ दुध उत्पादनका आधारमा अनुदान दिएको पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताए। आव ०८०/८१ मा १५५ जना कृषकले ४८५.५ कट्ठामा  घाँस खेती […]

बाढी, पहिरो र डुबानमा परी शुक्रबार देखि देशभर १५ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं  ।  शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १५ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर […]

राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला

दाङ । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दूध बिक्री गरी घर […]