आठबिसकोटमा बाढीले घर बगायो : ३ जनाको मृत्यृ, १ बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । गएराति परेको अविरल बर्षापछि कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको ज्यान गएको र एक जना बेपत्ता भएको प्रारम्भिक जानकारी […]
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन पनि आजै

काठमाडौँ । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् । हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो […]
सिमलताल घटना : बेपत्ता बस र यात्रुको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाण्डौ । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बस र धेरैजसो यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउने भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा । भीष्मकुमार भुसालले भारतबाट विज्ञसहितको उद्धार टोली ल्याउन हिजो नै परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिनुभयो । गाडीको […]
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण


काठमाण्डाै । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ ग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरमा रहेकाे शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै उहाँ पार्टी केन्द्रीय कार्यालय ललितपुरकाे च्यासल पनि पुग्नुभएको थियो । यस्तै […]
ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि बिहान ११ बजे


काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि […]
सिमलताल पहिरो : दुई बसका पाँच जनाको शव भेटियो



चितवन, असार ३० गते । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि […]
कपिलवस्तुको महाराजगञ्जमा एक पुरुषको शव फेला


कपिलवस्तु । कपिलवस्तुको महाराजगन्जमा एक पुरुषको शव फेला परेको छ । शनिवार माहाराजगञ्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलोमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उक्त व्यक्ति बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनाको कारण खुलेको छैन । इलाका […]
प्रचण्डको प्रधानमन्त्री पद गुम्यो


काठमाडौँ, असार २८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो। बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो। असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति […]
लुम्बिनीका मुख्यमन्त्री महराले राजीनामा दिने
दाङ । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकारको कसरत गरिरहँदा लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नलिने र राजीनामा दिएर सरकार छाड्ने मनस्थितमा पुगेको छ । यही असार २० गते नेकपा एमालेलगायत दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ । राजनीतिक दलहरुबीच केन्द्रमा भएको सहमतिअनुसार नयाँ सरकार […]
२४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै


काठमाण्डाै । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो । चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटनालगत्तै […]