उपासना सहकारीका सदस्यलाई व्यवसाय दर्ता सम्बन्धि जानकारी

निशान बुढाथोकी, काठमाडौं । उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसाय दर्ता प्रकृया सम्बन्धि जानकारी तथा उपासना तिज २०८१ काठमाडौंमा सम्पन्न भएको छ ।काठमाडौंको ठाडो भर्याङमा स्थित मेन फुड क्याफेमा आयोजना गरिएको सो कार्यक्रममा माननिय उप सभामुख श्री इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साथै सोही कार्यक्रममा यस […]
गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् । कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि नेपाल […]
बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ
सप्तरी । शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजीसहित १० जना परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोशी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपाने पक्राउ परेका हुन् । […]
विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको ज्यान गयो

पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका थिए । उनीहरुको पाँचथर अस्पतलामा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर […]
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो […]
एनसेलको लाइसेन्स खारेज हुने खतरामा

काठमाडौं । नेपाली दूरसञ्चार क्षेत्रको प्रमुख कम्पनी एनसेलले लाइसेन्स नवीकरणमा निकै कठिनाइ भोगिरहेको छ। हालको अवस्थामा, एनसेलको लाइसेन्स खारेज हुने जोखिममा रहेको छ। यसका कारण, लाइसेन्स नवीकरणको लागि १६ अर्ब रुपियाँको बक्यौता र ३ अर्ब रुपियाँको विलम्ब शुल्कसमेत १९ अर्ब रुपियाँ बुझाउनुपर्ने बाध्यता रहेको छ। यदि यी रकम पर्सि शुक्रबारको भित्री समयमा तिर्न सकिएन भने, […]
करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु
करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो। उनी आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते भएकी थिइन्। घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी […]
धुलिखेल नगरपालिका एशियाको दोस्रो स्वस्थ शहर भएको डब्ल्यूएचओको घोषणा

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा.सुभाजी गुडले हिजो नेपालको पहिलो स्वस्थ शहर र एशियाको […]
अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या

अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक […]
प्युठानमा चट्याङ पर्दा पाँच जना घाइते

प्युठानको झिमरुक गाउँपालिका दुई बादिकोटमा कमेरपानीमा सोमबार परेको चट्याङले पाँच जना घाइते भएका छन् । घाइते हुनेमा २० वर्षीय बिपना परियार, १४ वर्षीय सन्ध्या परियार, ३२ वर्षीय सरस्वता एमसि, ११ वर्षीय सन्जय जिसी र २१ वर्षीया गिता एमसि रहेको झिमरुक–२ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार […]