लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः प्रदेश निजामती सेवा ऐन संसोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

देउखुरी। लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ। प्रदेश मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले ऐन संसोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। विभिन्न दफा […]
कपिलवस्तुका १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्न चुनौती

कपिलवस्तु । कपिलवस्तुको १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्नु चुनौती बनेको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन्। जसले बालीनाली मात्र नाश गरेका छैनन् पशु चौपायाकै कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का कृषक जनार्दन यादवका अनुसार खेतमा लगाइएको धानबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। आफ्नो […]
बाणगंगाका दुई युवाले सञ्चालनमा ल्याए ‘द फिटनेस क्लब’

जनहित अनलाइन, कपिलवस्तु । बदलिदो जीवनशैलिका कारण निम्तिने समस्यालाई मध्यनजर गर्दै बाणगंगाका दुई युवाहरुले बाणगंगाको चारनम्बरमा जिम हाउस सञ्चालनमा ल्याएका छन । विलासीता उपभोग बाट निम्तिने शरीरिक तथा मानसिक समस्यालाई शारीरिक व्यायाम मार्फत समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको उनीहरुले बताए । बाणगंगाका सुगम खनाल र शुसील आचार्यले उक्त जिम हाउस सञ्चालन सञ्चालनमा ल्याएका हुन । […]
कपिलवस्तु सहित लुम्बिनीका जिल्लामा लगातार वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास ठूलो वर्षा मापन भएको छ । रुपन्देहीको तिलोत्तमा आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र […]
बाढीले बगाउँदा बागलुङमा २ जनाको ज्यान गयो, एक जना बेपत्ता

बागलुङ । बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र त्यही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । गएराति बान्द्रे खोलाको […]
आज हरितालिका तीज मनाइँदै

काठमाण्डाै । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको […]
गाय छाप सरफ प्रयोग कर्ताले पाए साइकल उपहार

कपिलवस्तु । भरतपुर ११ स्थित भोजाडमा आचार्य किराना पसल संचालन गर्दै आएका खिमानन्द आचार्यले गाय छाप सरफ किन्दा साइकल उपहार पाएका छन् । उत्पादन भएको छोटो समयमा नै आम ग्राहकको मन जित्न सफल बनेको गाय छाप प्रयोग गर्दा व्यापारी आचार्यले साइकल जितेका हुन् । जस्तोसुकै मैलो भएको लुगापनि गाय छाप सरफमा राखेको करिब १० मिनेटभित्र […]
कपिलवस्तुको पिपरा अस्पतालमा गर्भवतीको अप्रेसन सेवा सुरु

कपिलवस्तु। कपिवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालमा गर्भवती महिलाको अप्रेसन गर्न सुरु गरिएको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत उक्त सेवा सुरु भएको बुधबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । कपिलवस्तु नगरपालिका–२ कि ३२ बर्षीया एक गर्भवती महिलाको सफल शल्यक्रिया गरिएसंगै मेजर अप्रेसन सेवा सुरु भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिए […]
अर्घाखाँचीको छहरे खोलामा कपिलवस्तुका दुई युवा अस्ताए

चेतन विष्ट, कपिलवस्तु । घुम्नको लागि कपिलवस्तुको बाणगंगा बाट अर्घाखाँचीको शितगंगामा पुगेका दुई युवकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ बर्षिय उमेश पौडेल र सोहि स्थानकै २३ बर्षिय किसोर रास्कोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख तथा प्रहरी निरिक्षक रविन्द्र चन्दले जनहित अनलाइन सङ्ग बताउनुभयो […]
ब्राइट लुम्बिनीको बृहत तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेशकै उत्कृष्ट ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रा.ली. लुम्बिनी लर्निङ्ग सेन्टरको बृहत् तीज गीत प्रतियोगिता, सन्देशमुलक भिडियोको नतिजा प्रकाशन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नेपाली मौलिक संस्कृतिलाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । हराउँदै गइरहेको धर्म संस्कृति र […]