गतवर्षको शक्तिशाली भूकम्पपछि आज बिहानै फेरि हल्लियो जाजरकोट

जाजरकोट।  बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निट्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।मानवीय र भौतिक क्षतिको विवरण आउन बाँकी । हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले घटनाको विस्तृत जानकारी लिने प्रयास गरिरहेको […]

पाल्पामा चोरीका घटना बढ्दै

जनहित अनलइन, कपिलवस्तु ।  पछिल्लो समय पाल्पाको विभिन्न स्थानमा चोरीका घटना बढ्दै गएका छन् । केही दिनदेखि तिनाउ गाउँपालिकाका सिद्धार्थ राजमार्ग छेउका पसल तथा घरमा चोरी भएको स्थानीय बासिन्दा बताउछन। तिनाउको सिसुवा, डुम्रेबजार, जोरधारा क्षेत्रमा नगद,गरगहना तथा सामान चोरी भएको छ । यसैबीच चोरीका घटना जिल्लाका अन्य स्थानमा समेत हुन सक्ने प्रहरीले जनाएको छ । […]

बागलुङ र गुल्मी जोड्ने सडकको निर्माण ५ वर्षदेखि रोकियो

ढोरपाटन । बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो । मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो । सडक कालोपत्रका लागि […]

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । योसँगै कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त संस्था […]

दाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ, । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अटोमा सवार अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका ३ भैसहवाका अन्दाजी ५० का तुलाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव […]

अब १ रुपैयाँमै प्रेम गीत–३ हेर्न पाइने

काठमाडौँ ।  नेपाल टेलिकमको प्लेटफममार्फत प्रेम गीत–३ हेर्न सकिने भएको छ । टेलिकमको एनटीटीभी एपमा १ रुपैयाँमै नेपाली कथानक चलचित्र प्रेम गीत–३ हेर्न सकिने भएको हो । जसअनुसार पुस १३ गते शनिबार एक दिन सबै चलचित्र प्रेमीहरूले साथीभाइका साथै परिवारसँग बसेर १ रुपैयाँमै फिल्म हेर्न सक्ने व्यवस्था मिलाएकाले सो मौका नगुमाउन टेलिकमले फेसबुकपेजमार्फत अनुरोध गरेको […]

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने उनले बताए । ‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर […]

रौटहटको एक विद्यालयमा विद्यार्थी बोरा बिछ्याएर पढ्न बाध्य

रौतहट।  रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।आर्थिक अभावमा विद्यालयको पक्की भवन र फर्निचरहरू नहुँदा बालबालिका दुई वटा स–साना टहरामा पढिरहेका छन् […]

कैलालीमा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्नेलाई कारबाही गर्न माग

काठमाण्डौ –  कैलालीको भजनी नगरपालिकाकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट भएको घटनामा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका अनुसार भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा यही पुस १ र ४ गते निर्घात कुटपिट भएको हो । यस्तो अमानवीय कार्यमा संलग्नलाई पक्राउ गरी कानूनअनुसार कारबाही गर्नरगराउन […]

नगरको विकासमा सबै जनप्रतिनिधि एक जुट बनौं : उप प्रमुख भाट 

  जनहित अनलाई, कपिलवस्तु । जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिकाकि उप प्रमुख गित भाटले जनप्रतिनिधि जनताका हरेक सुख र दु खमा सङ्गै हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार सम्पन्न शितगङ्गा नगरपालिकाको १६ औं नगरसभा तथा प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नगरपालिकाको काम कर्तव्य नगर प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको […]