लागुऔषध सहित बाणगंगाका दुई युवा पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका दुई युवा लागुऔषध सहित पक्राउ परेका छन । मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित वाणगंगा नगरपालिका वडा नम्बर ८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र बाणगंगा नगरपालिका ४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई […]

रायमाझी थुनामा पर्दा अर्घाखाँचीका धेरै योजना अलपत्र परेः घिमिरे

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले टोप बहादुर रायमाझी थुनामा पर्दा अर्घाखाँचीको विकासमै असर परेको बताएका छन । विगतमा भएको आफुहरुको सहकार्यलाई स्मरण गर्दै अहिले रायमाझी नहुँदा कयौँ योजनाहरु अलपत्र परेको बताएका हुन । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ मा माघ १ गते भएको ११ औँ बरादह माघि एवम […]

रुपन्देहीमा मजदुरले गरे मजदुरकै हत्या, आरोपी पक्राउ

बुटवल,। रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन्। सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्। ‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई […]

 सैनामैनाको एक विद्यालयको स्रोत जुटाउन तरकारी खेती

बुटवल,।  रुपन्देहीको सैनामैना नगरपालिका–२ मा रहेको कालिका आधारभूत विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै तरकारी खेती गरेर आर्थिक स्रोत जुटाउन अभियान नै थालिएको छ । विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि विद्यालयले आर्थिक स्रोत जुटाउन तरकारी खेती सुरु गरेको जनाएको छ । दरबन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या परेको भन्दै विद्यालयले सरकारले थप शिक्षक नपठाएको […]

प्युठानको झिमरुकमा ४५ वर्षसम्म बिहे नगरेका महिलालाई पनि भत्ता

प्युठान ।  झिमरुक गाउँपालिकाका अविवाहित एकल महिलाले पनि भत्ता पाउने भएका छन् । गाउँपालिका भित्रका ४५ वर्षको उमेरसम्म पनि विवाह नगरी बसेका महिलालाई भत्ता दिने निर्णय भएको हो । यसका साथै १२ वर्षदेखि श्रीमान् बेपत्ता भई बसेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतीत गरिरहेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको […]

कपिलवस्तुमा साइकल यात्रीको झोलामा भेटियो १५ लाख

कपिलवस्तु। कपिलवस्तुको मायादेवी गाउँपालिका–६ स्थित डुमरा चोक नजिकै बिहीबार साइकल यात्रीको झोलाबाट स्रोत नखुलेको १५ लाख ७० हजार नगदसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७, हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई नगदसहित नियन्त्रणमा लिएको हो। मिश्राले साइकलमा कालो झोलामा लुकाएर राखेको अवस्थामा सो रकम फेला परेको प्रहरीले जनाएको छ। झोलाबाट प्रहरीले […]

कुन-कुन प्रदेशको कस्तो रहला आजको मौसम र ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश– आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना […]

कपिलवस्तुको बाणगंगामा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

बाणगंगामा । कपिलवस्तुको बाणगंगामा  दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको […]

अर्घाखाँचीका सीडीओको कार्यकक्षमा उच्छृंखल काम गर्ने चार युवा पक्राउ

अर्घाखाँची । अर्घाखाँची प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्यालको कार्यकक्षमा उच्छृंखल गतिविधि गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन् । सोमबार भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रमुख जिल्ला अधिकारीलाई अभद्र व्यवहारसमेत गरेको भन्दै थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ […]

विजयनगर गाउँपालिकाको छैठौँ गाउँसभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौँ अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अधिवेशनमा अर्धवार्षिक प्रगति विवरणसहितको पूरक बजेट र कार्यक्रम प्रस्तुत गरेकी छन् । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाको समग्र विकासमा जनप्रतिनिधिहरूले थप चासो दिनुपर्ने आवश्यकता औंल्याए । जनप्रतिनिधिहरूले जनताको समस्या नजिकबाट अवलोकन गरेकाले […]