बार्दिया बाट ब्राउन सुगरसहित तीन किशोर पक्राउ

बर्दिया । तीन सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सोमबार बाँसगढी नगरपालिका–३ मान खोलास्थित खुशिया थारुको पुरानो खाली घरमा किनबेच गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम अर्यालका अनुसार पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–६ […]

माघ २९ देखि बाणगंगामा ५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका करिब ५ हजार किशोरीहरुलाई ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । सोमबार चारनम्बर जीतपुरमा रहेको होटल मझेरीमा बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको […]

कपिलवस्तुमा ६ महिनामा ९२ साना उद्योग र ६२ व्यवसायिक फर्म बन्द

कपिलवस्तु । पछिल्ला वर्षहरूमा आर्थिक चुनौतीका कारण कपिलवस्तुमा साना उद्योग र व्यवसायिक फर्म बन्द हुने क्रम तीव्र भएको छ। चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुससम्मको अवधिमा ९२ साना घरेलु उद्योग र ६२ व्यवसायिक फर्म बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालका अनुसार कोरोनापछिको आर्थिक मन्दी र लगानीको अभावका कारण उद्योग […]

फागुन १० बाट दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप हुदैँ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप हुने भएको छ । यही फागुन १० गतेबाट १८ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुर स्थित बुद्धरगंशालामा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप २०८१ हुन लागेको हो । गोल्डकपमा प्रथम हुने समुहले रु ११ लाख ११ हजार १११ र द्धित्तिय हुनेले ५ लाख ५५ […]

आफैले जन्माएको शिशु डस्बिनमा फाल्ने आमा शितगंगाकि भएको पुष्टि

जनहित अनलाइन,कपिलवस्तु ।  दुई दिन अघि प्युठानको दर्भानमा फोहोर फाल्ने९डस्बिन० भित्र फेला परेको मृत नवजात शिशुको आमा अर्घाखाँचीको शितंगगाकि रहेको पुष्टि भएको छ। प्रहरीले अनुसन्धान गर्दै जादा घटना अर्घाखाँची शितगंगा घर  भई अध्यनको शिलशिलामा कक्षा ९ मा पढ्ने १७ वर्षिय किशोरि भएको खुल्न आएको छ। ती किशोर चिटिक्क परेर घटना स्थलमा सर्वसाधारण जस्तै आएकी थिइन् […]

गुल्मीमा अनलाइनबाट नागरिकता सिफारिस

गुल्मी,।  गुल्मीमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिस दिन थालिएको छ। नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकतामा एकरुपता ल्याउने उद्देश्यले गृह मन्त्रालयको योजना अनुरुप यहाँका वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस थालिएको हो। गत पुस २५ गते यहाँका ९३ वटै वडाका वडा अध्यक्ष, वडा सचिव, स्थानीय तहका सूचना प्रविधि अधिकृत र जिल्ला प्रशासन कार्यालयका नागरिकता फाँटमा […]

एक हप्तामा २११ जनाले बनाए राहदानी, ११ लाख राजस्व सङ्कलन

तम्घास,।  जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा २११ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा २११ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको बताउनुभयो । जसबाट १० लाख ७७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उहाँको भनाइ छ । गत […]

ऋषीकेश पाण्डे र रञ्जिता विश्वकर्माको“फूल फुलेको”बोलको नयां गीत सार्वजनिक भिडियो सहित

 जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी गायक ऋषीकेश पाण्डे र रञ्जिता विश्वकर्माको आवजमा रहेको फूल फुलेको बोलको नँया लोक गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा विक्रम बावु विश्वकर्माको शब्द रचना, ऋषीकेश पाण्डे र रन्जिता विश्वकर्माको आवाज तथा विजय पुन, बबिता विश्वकर्मा र रश्मि भण्डारीको अभिनय रहेको गीतमा गाउँ घरमा पहिलाको समयमा रातम […]

कुटपिटबाट रुपन्देहीमा भारतीय मजदुरको मृत्यु

बुटवल । रुपन्देहीमा एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ। जिल्लाको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ। मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण […]

बुटवल–गोरुसिंगे सडक निर्माण सहज बनाउन पूर्वगृहमन्त्रीको आग्रह

कपिल ज्ञवाली, सिद्धार्थनगर। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्‍याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने […]