नागरिक शक्ति नेपालको केन्द्रीय समितिको बैठक कपिलवस्तुको वाणगङ्गामा सम्पन्न

कपिलवस्तु । नागरिक शक्ति, नेपालको केन्द्रीय समितिको बैठक सनिबार कपिलवस्तुको वाणगङ्गामा सम्पन्न भएको छ । बैठकले साङ्गठनिक कार्य योजना तर्जुमा गर्नुका साथै नेपालीको हातमा अर्थतन्त्र, देशको मित्र चिनौँ र सामाजिक नागरिकतन्त्रबारे जागरण लगायतका अभियान सन्चालन गर्ने र सङ्गठन बिस्तारका निम्ति देशब्यापी कार्यक्रम अघि बढाउने निर्णय लिएको जनाइएको छ । गत शनिबार सम्पन्न केन्द्रिय समितिको बैठकले […]

रूपन्देहीको सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा

जनहित अनलाइन, कपिलवस्तु । रूपन्देहीको सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा आएको छ । ३०० /  ५००/ ६०० /८००/ १००० र १५०० का स्थिर मूल्यमा महिला तथा पुरुष दुवैका लागि  उपलब्ध हुने गरी सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो । सालझण्डीको प्रहरी चेकिङ  पोस्ट छेउ एन आइ सी एसिया बैंक भएको […]

बाणगङ्गा सामुदायिक वनको १७ औं वार्षिक साधारण सभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री बाणगङ्गा सामुदायिक वनको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार वनको समग्र प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले वनको आम्दानीलाई उचित व्यवस्थापन गर्न सके समुदायको विकास […]

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः डीबी रेश्मी मगर चयन

कपिलवस्तु । नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः डीबी रेश्मी मगर चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगा हलमा सम्पन्न भएको दशौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत रुपमा चयन गरेको हो ।   अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवनाथ मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा गोमा पोख्रेल चयन […]

तिलौराकोट गोल्डकपमा नेपाल पुलिस क्लवलाई हराउदैं डिजोङ्जी एफसी सिक्किम सेमिफाईनलमा प्रवेश

जनहित अनलाइन । दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको आज चौठो दिन नेपाल पुलिस क्लवलाई हराउदैं डिजोङ्जी एफसी सिक्किम सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नेपाल पुलिस क्लवलाई टाईब्रेकरमा पराजित गरेर डिजोङ्जी एफसी सिक्किमले अन्तिम चारमा स्थान बनाएसंगै सेमिफाईनल प्रवेश गरेको हो । सिक्किमले पुलिसलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । […]

हथौसा लिटिल स्टारमा अभिभावक अभिमुखीकरण सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु।  कपिलवस्तुको बाणगङ्गा स्थित ओदारीमा रहेको हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुनेभएकाले उक्त कुराको बोध गराउन अभिमुखीकरण कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले पछिल्लो समय बालबालिकाहरूमा […]

कपिलवस्तुको विजयनगर गाउँपालिका लिजामा प्रथम

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा प्रथम भएको छ । यस जिल्लाका छ नगरपालिका र चार गाउँपालिका गरी १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा विजयनगर गाउँपालिकाले ९५.२५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको सार्वजनिक नतिजामा उल्लेख गरिएको हो । आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा […]

चारनम्बरमा पञ्चामृत मिष्ठान्न भण्डार सञ्चालनमा : आज औपचारिक उद्घाटन

जनहित अनलनइन,बाणगंगा । कपिलवस्तुको चारनम्बरमा पञ्चामृत मिष्ठान्न भण्डार सञ्चालनमा आएको छ । चारनम्बर स्थित तौलिहवा रोडमा आज उद्घाटन भएसङ्गै सञ्चालनमा आएको सञ्चालक शंकर भट्टराईले जनहित अनलाइन सङ्ग बताउनुभयो । विगत लामो समयदेखी सञ्चालनमा रहेको पाण्डे स्विट्स कर्नर परिमार्जित भइ नयाँ व्यवस्थापनका साथ पञ्चामृत मिष्ठान्न भण्डारको रुपमा सञ्चालनमा आएको हो । पछिल्लो समय युवाहरु प्रदेशियको अवस्थामा […]

  राम दतिवन धाममा सञ्चालित चारदिने महाशिवरात्रि महापर्व महारुद्राभिषेक सम्पन्न 

जनहित अनलाइ, कपिलवस्तु ।  कपिलवस्तुको वाणगङ्गामा अवस्थित राम दतिवन धाममा सञ्चालित महारुद्राभिषेक आज सम्पन्न भएको छ । महाशिवरात्रि महापर्वको अवसरमा यही फाल्गुन १२ गतेदेखि सञ्चालन भएको ४ दिने महारुद्राभिषेक अखण्ड होम तथा भजन कृतन कार्यक्रम सम्पन्न भएको हो । धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराजको मुखार विन्दुबाट दैनिक प्रवचन रहेको उक्त […]

प्रकटेश्वर शिवालयमा महाशिवरात्रीको सम्पुर्ण तयारी पुरा

पिपरा । बाणगंगा नगरपालिका वडा नं. २ पिपरास्थित प्रसिद्ध धार्मिकस्थल प्रकटेश्वर महादेव मन्दिरमा भोली १४ गते बुधबार महाशिवरात्रीको अवसरमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ। प्रकटेश्वर महादेव सेवा समितिको बैठकको शिवरात्रीको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शिवरात्रीलाई व्यवस्थित र भव्य बनाउन सम्पूर्ण भक्तजनलाई जर्लापणका लागि मन्दिरमा उपस्थित […]