२० वर्षमा बिहे गरि ३० वर्षमा तीन बच्चा जन्माउनहोस्: प्रधानमन्त्री ओली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले ३० वर्ष पुग्दा तीन वटा बच्चा पाउन पनि सुझाव दिए।

‘जति बेला प्रजनन क्षमता बढी हुन्छ त्यतिबेला बच्चाबच्ची जन्माउनुपर्छ, त्यसपछि ढुक्कले काम गर्न पाइन्छ, छोराछोरी बेलैमा हुर्कन्छन्। उनीहरूको पनि उन्नती प्रगति देख्न पाइन्छ।’ ओलीले भने, ‘ नातिनातिना, पनाति पनातिनी खेलाउने रहर पनि पूरा हुन्छ। कान्छा कान्छी जन्मिँदा त जेठाजेठी हुर्किसक्छन् नि!’

अहिलेको समयमा काममा व्यस्त बाबुआमाले पनि बच्चाबच्ची हेरविचारको चिन्ता गर्नुपर्ने अवस्था नभएकाले सन्तान उत्पादनको कुरालाई हावामा नउडाउन आग्रह गरे।

‘अहिले आफ्नो करियरका लागि मान्छे सन्तान नै नजन्माउने अवस्थामा पुगिसक्यो । बाबुआमा कमाउने भए पनि के को पिर छ र !’ ओलीले भने ‘कोक्राँ सुताउने स्कुल छन् त हिजोआज । बामे सराउने,उल्टाउने पल्टाउने, धुलो खेलाउने स्कुल छँदैछन् त हेरविचार गर्नलाई।’

उनले विकासले जनसंख्या घटाइरहेको भन्दै यो चिन्ताको विषय भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *