पौडेलको अध्यक्षतामा  सुबर्णखाल – कपिलवस्तु सम्पर्क समाज गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सागर बेल्बासे,बैशाख २८ कपिलवस्तु ।

अर्घाखाँची जिल्लाको साबिक सुवर्णखाल गा बि स मा पर्ने मन्द्रे,हल्दे,मलारानी,जाडिखर्क,बाउन्ने,घर्तिसारा,शब्दु,मैनेरी,उपल्लिखन्न लगायत का गाउँहरु भित्र बाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थान मा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ नयाँ र पुराना पुस्ताको परिचय संगै आफू वा आफ्नो पुर्वज को उदगम स्थल र हालको बसाइ बिचको मित्रतालाइ प्रगाढता बढाउदै समाज रुपान्तरणमा टेवा पुराउने उदेश्यका साथ साबिक सुवर्णखाल गा बि स कपिलवस्तु सम्पर्क समाजको गठन भएको छ।

सनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको हलमा भएको भेलाबाट अर्घाखाँचीको साबिक सुवर्णखाल गा बि स ७ मन्द्रे बाट हाल बाणगङ्गा २ निवासी मन्द्रे माध्यमिक बिधालयका पुर्व प्रधानध्यापक तथा शितगङ्गा नगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष बुद्धिकृष्ण पौडेल ज्युको अध्यक्षता उपाध्यक्ष मधु भट्टराई ,सचिबमा कुल बहादुर रेस्मी ,कोषाध्यक्षमा तेजेन्द्र पौडेल सह सचीवमा कपिक घिमिरे सदस्य हरुमा क्रमशः शेषक राज खनाल ,बेलुका बुढाथोकी ,इन्द्र बहादुर रास्कोटी,मन्जु कुंवर,इस्वरा अधिकारी,शान्ता अधिकारी सहितको ११ सदस्यीय मुल कार्यसमिति गठन भएको छ।

साथै सितगङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मान बहादुर सिंजापती,बाणगङ्गा ४ र ५ का वडा अध्यक्ष क्रमश छवि रेश्मी र दुनिका भुसाल,कुलराज बेल्बासे,कमल शर्मा बेल्बासे,अनन्त राज गैरे,कुल बहादुर चुंदाली, थनिकला सुनार,मीन प्रसाद पोख्रेल,बेद प्रसाद खनाल, राम प्रसाद भण्डारी, भिमदत्त भट्टराई ,लिल बहादुर पहराइ लाई आजको भेलाले सल्लाहकार समिति मा चयन गरेको छ।

गत बैशाख १६ गते बुद्दिकृष्ण पौडेलको संयोजकत्वमा कपिलवस्तुको विभिन्न स्थानमा छरिएर रहेका सबैलाइ एकीकृत गर्न क्षेत्रगत हिसाबले क्रमस बाणगङ्गा १ मा बुद्धि सागर बेल्बासे,२ र ३ मा कुल बहादुर रेस्मी, ४ मा कुल बहादुर चुंदाली ५ र ६ मा कपिल घिमिरे ,७ र ८ मा प्रेम नारायण पौडेल , ९ मा चन्द्र भुसाल, १० र ११ मा राम प्रसाद भन्डारी बुद्दभुमी नगरपालिका १ देखि ६ सम्मको लागि कमल शर्मा बेल्बासे,६ देखि १० सम्मको लागि रुपचन्द्र बेल्बासे र शिवराज नगरपालिका को जिम्मा झबिन्द्र बेल्बासे लाई रहने गरि सबैजना सदस्य को रुपमा जिम्मेवारी बिभाजन गरि भेला आयोजक समिति बनाइ आज प्रथम भेला आयोजना गरिएको थियो।

प्रथम बृहत् भेलाबाट बनेको तदर्थ समितिले अब बिधान मस्यौदा लगायत विभिन्न उपसमिति चयन गरि साबिक सुवर्णखाल गा बि स हालको सितगङ्गा १ र कपिलवस्तुका विभिन्न स्थानका धार्मिक ,पर्यटकीय ,पुरातात्त्विक,सामाजिक ,शैक्षिक आदि कुराहरुको परिचय संगै बहुल जाती,भेषभुषा,धर्म,संस्कार ,रिति थितिका कुराहरुलाई अझ सहिष्णु बनाइ समाजमा नौलो आयाम ल्याउने उदेश्य सहित सम्पर्क समाज निर्माण गर्ने जिम्मा तदर्थ समिति लाई प्रदान गरेको छ।

कार्यक्रम भेला आयोजक समितिका संयोजक बुद्धि कृष्ण पौडेल को अध्यक्षता,उल्लेख्य उपस्थितिका जेष्ठ सदस्य भिमदत्त भट्टराई को प्रमुख आतिथ्यतामा फुलको गमलामा पानी राखेर उद्घाटन गर्दै, आफ्नो उदगम भुमिका प्राकृतिक ,धार्मिक र मौलिक कुरालाइ कबिताको माद्यमबाट बाचन सहित बुद्धि सागर बेल्बासेको स्वागत मन्तव्य सहित बिशिस्ट अतिथि सितगङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जनपृय युवा नेता मान बहादुर सिंजापतिको शुभकामना मन्तव्य राख्नुभएको थियो।शुभकामना मन्तव्य मा अध्यक्ष सिंजापतिले आज गठन हुने सम्पर्क समाजले विभिन्न बिबसताले कर्मथलो कपिलवस्तु बनाउन परेपनी अति आवस्यक अवस्था बाहेक बढदो बसाइँसराइ रोकेर गांउलाइ गाउँनै रहिरहने कुरामा टेवा पुराइदिन सकेमा गाउँमा क्रमबद्ध रुपले भएको को भौतिक बिकासले औचित्य प्राप्त गर्ने जनाउनुभएको थियो।

कार्यक्रम कुल बहादुर रेस्मिको संचालनमा सम्पन्न भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *