युवक कुट्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ। बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाका ४ जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको बताएको हो।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ। ‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा झिकाइएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *