ढाकाबांगमा खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता हुँदै ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन,कपिलवस्तु । शान्ति, बिकास, गतिशिलता र अनुशासन भन्ने नाराका साथ अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबांगमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । देविकास्थान झाँक्रिसाला टोल बिकास संस्थाको आयोजनामा बैशाख १४ गतेदेखि वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

ढाकाबांग स्थित ठुलापोखरा रंगशालामा प्रतियोगिता संचालन गर्ने भएको हो । वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएकाले खेलाडी जुनसुकै नगरपालिका भित्रका भए पनि एउटै वडा भित्रको हुनु पर्ने गरी खेल आयोजना गरेको खेल आयोजक संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले बताए ।

प्रतियोगिताको पुरुष प्रतियोगिता विजेताले नगद २५ हजार र पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद १५ हजारसहित पदक प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनेले नगद १० हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, महिला प्रतियोगिता विजेताले नगद ८ हजार र पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद ५ हजारसहित पदक प्राप्त गर्नेछन् । र तेस्रो हुनेले नगद ३ हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा टिम दर्ता गर्ने पुरुषका लागि दुईहजार र महिलाका लागि एक हजार तोकिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *