पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा भएको स्कुटर दुर्घटनामा ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको छ ।

भित्री कच्ची सडक लाम्टाङबाट ओइरीघाट रामपुर आउने क्रममा दुर्घटना हुँदा रामपुर नगरपालिका–३ बस्ने ठाडा मगरको मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर आफैँ अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ठाडा मगरलाई रामपुर अस्पताल पठाएकोमा चिकित्सकले जाँच गरी मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

दुर्घटनाका सम्बन्धमा प्रहरी चौकी केलादी र इलाका प्रहरी कार्यालय रामपुरले थप अनुसन्धान गरिरहेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *