वडाध्यक्ष मोहम्मद जाहिद खान द्धारा इदुल फित्रको शुभकामना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं। १ का वडाध्यक्ष मोहम्मद जाहिद खानले इदुल फित्रको पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले यस अवसरमा इदुल फित्र इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण चाड हो भनेर जनाउँदै यो पर्व आपसी प्रेम, सद्भाव, सहकार्य, विश्वास र साझा उद्देश्यको प्राप्तिको अवसरका रूपमा मनाइन्छ भन्ने बताउनुभयो।

वडाध्यक्ष खानले नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताबाट समृद्ध भएकोले इद जस्ता चाडपर्वहरू कुनै एक समुदायसम्म सीमित नरही राष्ट्रिय एकताको प्रतीक बनेको उल्लेख गर्नुभयो। उहाँको सन्देशमा चाडपर्वहरूको ऐतिहासिक महत्त्व र मानव अनुभव, ज्ञान र सांस्कृतिक विकासको प्रतिफलका रूपमा यिनको विकास भएको बताइएको छ।

यसरी, इदको पवित्र अवसरमा सबैमा आत्मीयता, सहिष्णुता र आपसी मेलमिलापको भावना बढोस् भन्ने कामना गर्दै वडाध्यक्ष खानले सबैलाई धार्मिक तथा सामाजिक सद्भावनाको शुभेच्छा पनि व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *