“उकाली ओराली“गीतबाट ‘लुम्बिनी राष्ट्रिय पुरस्कार’जित्न सफल मोडल क्षेत्री

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका मोडल तथा डान्सर असीम कडेल क्षेत्री । लुम्बिनी नेशनल अवार्ड २०२५ मा सङै गरौ उकाली ओराली ” गीतबाट उनले अवार्डवजित्दै आफ्नो प्रतिभालाई नयाँ उचाइमा पुर्याएका छन् । नवलपरासीमा जन्मिएर  दाङ्मा १६ वर्ष सम्म बाल्यकाल बिताइ कपिलवस्तुला कर्म थलो बनाउदै पछिल्लो समय कपिलवस्तुमा नै स्थाई बसोबास गर्दै आएका क्षेत्री सानै देखि संगीत प्रति विशेष आकर्षित थिए । तर, संगीतको यात्रामा आउन सजिलो थिएन । संघर्ष, मेहनत र लगनशीलताले मात्र उनलाई आजको स्थानमा पुर्याएको हो । क्षेत्री कलाकार मात्र होइनन, थुप्रै शैक्षिक सस्था, समाज सेवामा पनि उत्तिकै सक्रिय छन।
साथै, उनी राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका महासचिव र लोकदोहोरी प्रतिस्ठान कपिलवस्तु का सचिव समेत रहेका छन। ।
हालै सम्पन्न लुम्बिनी नेशनल अवार्ड २०२५ मा उनले “ सङै गरम उकाली ओराली ” गीतबाट अवार्ड जित्न सफल भएका हुन । यस अवार्ड समारोहको आयोजना उपमा संचार प्रा।लि। र तेज नेपाल मल्टिमिडिया प्रा।लि। द्वारा गरिएको थियो ।

कार्यक्रम लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यता , राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको आतिथ्यता,उपाध्यक्ष कमला पति चौधरी, पत्रकार,कलाकारहरूको उपस्थिति रहेको कार्यक्रम । अनिल सुनामको संचालनमा सप्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *