बाणगङ्गा सामुदायिक वनको १७ औं वार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री बाणगङ्गा सामुदायिक वनको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार वनको समग्र प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले वनको आम्दानीलाई उचित व्यवस्थापन गर्न सके समुदायको विकास सजिलै गर्न सकिने बताउनुभयो । वनको स्रोतलाई सदुपयोग गरि विभिन्न सामाजिक विकासका योजना ल्याएर वनलाई उदाहरणीय बनाउनुपर्ने बताउनुभयो । वाणगङ्गा सामुदायिक वनको साधारणसभा निक्कै ढिला भएको भन्दै आगामी वर्षहरुमा यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

No description available.

त्यस्तै बाणगङ्गा सव डिभिजन वन कार्यालयका अधिकृत अर्जुन चापागाईंले वन सम्बन्धि नियम कानुनको बारेमा जानकारी दिदै वनको स्रोतलाई सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो क्षेत्रका वनको संरक्षण बाहिरका मान्छे आएर नगरिदिने भन्दै वनको संरक्षणको लागि कार्यसमिति देखि उपभोक्ता र अन्य सबै जुट्नुपर्ने बताउनुभयो । अबको समय आगलागीको रहेको भन्दै आगलागी बाट वनलाई जोगाउन सके धेरै हदसम्म वनको संरक्षण हुने बताउनुभयो ।

No description available.

त्यस्तै वनकी अध्यक्ष माया बैजालीले वाणगङ्गा सामुदायिक वनको संरक्षण गर्दै समुदायको समुचित विकासको लागी वन लागिपरेको बताउनुभयो । आगामी वर्षहरूमा अझ रचनात्मक बजेट ल्याएर वन र समुदायको विकास गर्ने बताउनुभयो ।

No description available.

कार्यक्रममा गङ्गा आधारभुत विद्यालयका प्रधानाध्यापक मणि न्यौपाने, पावर सामुदायिक वनका अध्यक्ष वीर बहादुर खम्चाकी, समाजसेवी भक्त बहादुर अधिकारी, योग पल्ली मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वनकी अध्यक्ष माया बैजालीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष वेद बहादुर दर्लामीको स्वागत तथा सचिव धन बहादुर दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो
कार्यक्रममा वडासदस्यहरु, सव डिभिजन वन कार्यालय डोहोटेका फरेस्टर यम बहादुर के.सी. सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *