बाणगंगा । दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । उक्त गोल्डकप कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा यही फागुन १४ देखि २१ गतेसम्म हुन लागेको हो ।
गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदैं अध्यक्ष तिलक थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार भोलि दिउँसो ३ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । उनले प्याराफिट, बाउण्ड्री निर्माण लगायतका बाह्य र अन्य आन्तरिक कामहरु सकिएको बताए ।
उनले कपिलवस्तुका पर्यटन क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट विकास उद्देश्यसहित गोल्डकप गर्न लागेको स्पष्ट पारे । उनले खेल अवधिभर खेलाडीहरुलाई कपिलवस्तुका विभिन्न पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण समेत गराउने योजना रहेको सुनाए । यसले समग्र कपिलवस्तुको पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारसंगै पर्यटनलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।


