सैनामैना नगरपालिका: कुल बजेटको ३५ प्रतिशत खर्च

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ मा विकास बजेट खर्चको स्थिति निराशाजनक देखिएको छ । साउनदेखि माघसम्म नगरपालिकाले कुल बजेटको मात्र ३५ प्रतिशत खर्च गरेको पाइएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्चको अवस्था झनै कमजोर रहेको छ ।

सैनामैनामा ११ वटा वडा रहेका छन् । चालु आवका लागि स्वीकृत कुल १ अर्ब १० करोड १२ लाख ७२ हजार रुपैयाँको बजेटमध्ये मात्र १९ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यो अवधिमा चालुतर्फ २५ प्रतिशत र पुँजीगततर्फ ५ प्रतिशत बजेट मात्रै खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिएका छन् ।

२४५ योजनामध्ये १३४ वटा योजनाको सम्झौता भइसकेको छ । तर, माघसम्म ४० वटा योजनाको मात्र भुक्तानी सम्पन्न भएको योजना प्रशासन, अनुगमन तथा मर्मत शाखाले जनाएको छ ।

यसले सैनामैना नगरपालिका असारे विकासको मानसिकताबाट अझै उन्मुक्त नभएको पुष्टि गर्छ । योजनाको समयमा सम्झौता, काम सम्पन्न र भुक्तानीमा ढिलाइ हुँदा बजेट खर्चमा समस्या भइरहेको छ ।

नगरपालिकाले आगामी दिनमा योजनाको समयमै कार्यान्वयन सुनिश्चित गरी बजेट खर्चमा सुधार गर्न गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *