जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका( ५ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बाणगंगा- ५ मधौली बस्ने बर्ष ४५ का हरीराम चौधरीको मृत्यु भएको हो ।
४ सय मिटर पुर्व आफनै आफन्ती पर्नेको घरमा तार जोडी खोलामा माछा मार्ने क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र बहादुर जिसिले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ

