बाणगङ्गामा जिपको ठक्करबाट ३ वर्षीय बालिका घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा डबल क्याप (जिपको) ठक्करबाट ३ वर्षकी बालिका घाइते भएकी छिन।

पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप ९जिप० ले ठक्कर दिदा चप्परगाउँ निवासी ३ वर्षकी अप्सना भुसाल घाइते र साइकल चालक उनकी आमा रिता भुसाल पनि सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनहित अनलाइन सङ्ग बताएको छ ।
आज सोमबार बिहान करिब १० बजे आमा संगै विद्यालय जाने क्रममा उनलाई उक्त गाडिले ठक्कर दिएको हो। उनी श्री सुर्यदय आधारभुत बिदालय चप्परगाउमा बालविकासमा अध्यनरत रहेको जनाइएको छ । दुर्घटना भए लगत्तै उपचारको लागी बाणगङ्गाको ठाउकुरा पुरमा रहेको युनाइटेड अस्पतालमा लगिएको थियो । सामान्य उपचार पछि थप उपचारको लागि बुटवल स्थित लुम्बिनी सि।टि मा रिफर गरिएको छ ।
चालक र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *