चेतन विष्ट, कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको सभापतिमा शिव कुमार कार्की चयन हुनुभएको छ । शोमबार चारनम्बरमा भएको छैठौं साधारण सभाले कार्कीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसको उप–सभापति मदन ढुंगाना, सचिवमा बिष्णु पन्त, सह–सचिवमा भुवनेश्वर न्यौपाने, कोषाध्यक्षमा सीता मल्ल र सदस्यहरुमा राम प्रसाद भुसाल, उदयराज चौधरी नवराज शर्मा, सविन रणपाल, कृष्ण प्रसाद भट्टराई, बिन्दवाशिनी हरिजन, गौरी श्रेष्ठ , लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।


कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका संस्थापक मेयर मङ्गल प्रसाद थारुले शान्ति समाजले कपिलवस्तुमा स्थापना कालदेखि नै अनुकरणीय कार्य गर्दै आइरहेको भन्दै समाजले गर्ने काम यहाँका अन्य संघ संस्था, राजनैतिक दल सबैले सिक्नुपर्ने बताउनुभयो । देशको कठिन परिस्थितीलाई पार लगाउन शान्ति समाजको भुमिका महत्वपुर्ण रहेकोले आगामि दिनमा पनि सोहि अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समाजका अध्यक्ष माधव घिमिरेले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्था परिवर्तन र समाजको सुदृढीकरणका निम्ति मानव अधिकार तथा शान्ति समाजको भुमिका उल्लेखनीय रहेको बताउनुभयो । आफ्नो कार्यकालमा विभिन्न रचनात्मक कार्य गरेको स्मरण गर्दै आगामी दिनहरुमा पनि सक्रिय सहभागि हुने प्रतिबद्धता जनाउनुभयो ।


त्यस्तै केन्द्रीय प्रतिनिधि प्रकाश साहीले समाजमा नागरिक शिक्षाको आवश्यकता रहेको बताउदै समाज रुपान्तरणमा सबैले आआफ्नो ठाउँ बाट काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल रेटक्रश सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनी, राष्ट्रिय अपांगता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष होमनाथ अधिकारी लगायतले बोल्दै शान्ति समाजले समाजमा चलाएको अभियान ले समाजमा सकरात्म परिवर्तन ल्याएको बताउनु भयो । मानविय विकासलाई जोड दिनु पर्ने बताउदै नयाँ बन्ने कार्य समितिले समाजको आवाज बोकेर अगाडि बढ्न आग्रह गर्नु भयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन प्रसाद पोख्रेल, माओवादी केन्द्रका नेता तथा कपिलवस्तु उद्योग वाणिज्य संघका उपाध्यक्ष हुमनाथ पौडेल, नेपाली कांग्रेस जिल्ला सभापति शक्ति सिंश ठकुरी, उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल), रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला प्रतिनिधि गोविन्द जि.सी., शान्ति समाज अर्घाखाँचीका अध्यक्ष निलकण्ठ भुसाल, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्य मोहन बेल्वासे लगायतले बोल्दै समाज रुपान्तरणमा शान्ति समाज जस्तै सम्पुर्ण संघसंस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । देश चुर्लुम्म भ्रष्टाचारमा डुब्दा पनि सरकार र सम्बन्धित निकाय मौन रहेको बताउनु भयो । कोभिड कालपछि उद्योगी व्यवसायी सङ्कटमा परेको उल्लेख गर्दै शान्ति समाजले व्यवसायीक क्षेत्रमा पनि आवाज उठाउनु पर्नेमा उनीहरुको जोड रहेको थियो ।
कार्यक्रम समाजका अध्यक्ष माधव घिमिरेको अध्यक्षता, संस्थापक सभापति गोविन्द पोख्रेलको स्वागत तथा समाजका सचिव शिव कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रि, नागरिक समाजका निर्वमान अध्यक्ष दोलखबाहादुर पक्षाई लगायतको उपस्थित रहेको थियो ।












