बाणगंगा कार्यपालिका बैठकः विभिन्न ५ कार्यविधि पारित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक मंगलबार सम्पन्न भएको छ । उक्त बैठक मंगलबार विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । बैठकले विभिन्न कार्यविधिहरु पारित गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार बैठकले हात स्वच्छता सम्बन्धि कार्यविधि २०८१, उत्कृष्ट कृषकलाई सम्मान पुरस्कार कार्यान्वयन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१, स्थानीय तहका लागी खानेपानी, सरसफाई तथा स्वच्छता सुचना व्यवस्थापन प्रणाली मागदर्शन २०८१, कृषि तथा पशुपंक्षी विकास प्रवद्र्धन कोष २०८१ र खुल्ला दिशामुक्त अवस्थाको दिगोपन सम्बन्धि कार्यविधि २०८१ लाई पारित गरेको छ ।

बैठकमा योजना तथा कार्यक्रमको सम्बन्धमा जानकारी गराईएको थियो । ठेक्का प्रक्रियामार्फत आर्थिक बर्ष २०८१र०८२ मा संचालन हुने योजनाहरुको करिब ८० प्रतिशत ठेक्का सुचना भईसकेको उनले बताए । उपभोक्तामार्फत संचालन हुने योजनाहरुको लागी यथाशिघ्र उपभोक्ता समिति गठन गर्ने बैठकले निर्णय समेत गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

उक्त बैठकमा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, ११ वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *