ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन चारनम्बरले कोरियन र जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरेको छ । सन २०२४ मा इ.पि.स. कोरियन भाषा र जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई शनिबार राजापनिमा रहेका स्टार होटलमा एक कार्यक्रममका बिच बिदाइ तथा सम्मान गरिएको हो ।

No description available.

 

यस वर्षको जुलाई इन्टेकमा जापानीज भाष पाष गर्ने ९ र कोरियन भाषा २३ जना विद्यार्थीहरुलाई मायाको चिनो सहित विदाई गरिएको संस्थाका प्रवन्ध निर्देशक अशिम कडेल क्षेत्रीले बतउनुभयो । प्रालिलाइ नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्याक्त गर्नुभयो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो । उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्ण चन्द्र परियारले भाष पास गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै भविष्यमा देशमै आएर देश विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रालिले हजारौ विद्यार्थिको भविस्य निमार्णमा सहयोग गर्दै आएको भन्दै आगमी दिनमा अझ शत प्रतिसत नजिता ल्याउन सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कोरियन भाषा प्रमुख महेश आचार्य, जापनीज भाषा प्रशिक्षक सुमन थापा क्षेत्री, गणेश खनाल लगाएतले उच्च शिक्षाको लागि बाहिरी देश जान लागेका विद्यार्थीहरुलाई जाँदा र गैसकेपछि देशको नियम कानुन अनुसारको व्यवहार गर्न सचेत गराउनुभएको थियो ।

कार्यक्रममा सञ्चारकर्मी पिताम्बर घिमिरे, सिता बेल्वो, पशुपति गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भाष पास गरेका विद्यार्थी, सञ्चारकर्मी, संस्थाका कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि आचार्यले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *