लुम्बिनी भ्रमणपछि अमेरिकी राजदूतले भने: विविधतायुक्त समाज नेपालको सुन्दर पक्ष

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले विविधतायुक्त समाज नेपालको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन्। लुम्बिनी प्रदेशको भ्रमण सकेर फर्किएका राजदूत थम्पसनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका छन्।

Ambassador Thompson and Jane Thompson posing for picture in front of Maya Devi Temple, Lumbini.

‘म लुम्बिनीमा पहिलो पटक पुगे। यो एक अचम्मको यात्रा थियो,’ थम्पसनले लेखेका छन्, ‘जहाँ एउटै यात्राभित्र बुद्धको पवित्र जन्मस्थल र धेरै विविधतायुक्त समुदायका घरहरूको भ्रमण गर्न मौका पाएँ। जसमा नेपालको तेस्रो ठुलो मुस्लिम जनसंख्या रहेको समुदाय पनि थियो।’

आफू यस्तै विविधतायुक्त पक्ष हेर्न मन पराउने राजदूत थम्पसनले उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘नेपालको सबैभन्दा सुन्दर पक्ष भनेकै यहाँको विविधता हो र यात्रा गर्दा म यस्तै नयाँ पक्ष हेर्न मन पराउँछु।’

नेपाल र अमेरिकाले थप समावेशी र प्रजातान्त्रिक समाज निर्माण गर्ने प्रतिबद्धता साझा रहेको थम्पसनले जनाएका छन्।

‘नेपाली र अमेरिकीहरूले थप समावेशी प्रजातान्त्रिक समाज निर्माण गर्ने साझा प्रतिबद्धता छन्,’ उनले लेखेका छन्, ‘जसमा प्रत्येक आवाज सुनिन्छ र प्रत्येक व्यक्तिलाई सशक्त हुन्छ। जसले दुवै राष्ट्रलाई बलियो र समृद्ध बनाउने आधार दिन्छन्।’

Ambassador Thompson and Embassy’s Spokesperson talking with muslim kids in Madarasa.

Muslim kids raise hands for picture.

https://x.com/USAmbNepal/status/1789222801058234821

Leave a Reply

Your email address will not be published. Required fields are marked *