कपिलवस्तु । कपिलवस्तु बाट एक जना सुब्बालाई अख्तियारले पक्राउ गरेको छ । मालपोत कार्यालय तौलिहवाका सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।
सुब्बा खनाललाई रु ३० हजार नगद घुस सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
मालपोत कार्यालयका नायब सुब्बाले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदा लिदै पक्राउ गरेको हो ।

