शितगंगा–१४ को वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–१४ ले वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न गरेको छ । आज शुक्रबार वडाको सभाहलमा विभिन्न क्षेत्रका व्यक्तिहरु सङ्गै वडावासीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाका संस्थापक उपप्रमुख टिका रेस्मीले सबैले आ–आफ्नो ठाउँ बाट आफ्नो भुमिका इमान्दारीका साथ निभाउनुपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा आफुहरुले नगरको साधन श्रोतले भ्याएसम्म इमान्दार भएर काम गरेको स्मरण गर्दै आफु सधै जनताकै साथमा रहेको बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष दामोदर न्यौपानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २/३ वटा कार्यक्रम बाहेक अन्य सबै सम्पन्न भैसकेको बताउनुभयो । सम्पन्न हुन बाँकी रहेका पनि अब केहि दिनमै सम्पन्न हुने उहाँले बताउनुभाये । भौगलिक रुपमा निकै विविधता रहेको आफ्नो वडामा बजेट निक्कै कमि आउने गरेको भएपनि आफुहरुले उक्त बजेटलाई प्राथमिकताको आधारमा सबै क्षेत्रलाई समेटेर बाडफाड गएिको बताउनुभयो । आगामि आर्थिक वर्षको लागि नगर बाट करिब ५० लाखको सिलिङ प्राप्त भएको भन्दै सबै टोलहरुका समस्यालाई मध्यनजर गर्दै योजनाहरु निर्माण गरिने बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष न्यौपानले वडावासीहरु बाट उठेका गुनासाहरुको सम्बोधन गर्दै स्थानीय सरकार सङ्गै वडावासी र नगरवासी मिलेर जानुको विकल्प नरहेको बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा मात्र लेख्ने प्रवृत्ति बढीरहेको भन्दै त्यसले निकास नदिने बताउनुभयो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, सामुदायिक वन, युवा लगायत स्थानीय वासीहरुले आ–आफ्नो क्षेत्रका समस्या, आवश्यकता तथा अवसरहरुलाई जोडतोडका साथ उठान गरेका थिए ।

कार्यक्रम वडा सदस्य ओम बहादुर दर्लामीको स्वागत तथा वडाका कर्मचारी लेखनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *