हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलको २२ औं वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन,कपिलवस्तु ।    हथौसा लिटिल स्टार ईङ्गलिश बोर्डिङ्ग  स्कुल बाणगंगा ११ ओदारी कपिलवस्तुको २२ औं वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रागंणमा भव्य कार्यक्रमको आयोजना गरि स्कुलको २२औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको प्रिन्सिपल सुन्दर पाण्डेले बताउनुभयो । कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र पुरस्कार वितरण गरिएको छ ।

त्यस्तै कक्षा नर्सरी देखि कक्षा ९ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । कार्यक्रममा दिनभर विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले हथौसा लिटिल स्टार गुणस्तरिय शिक्षा प्रदान गर्नमा कहिं पनि नचुकेको बताउनुभयो ।

 

उहाँले शिक्षक शिक्षिकाहरुले प्रविधि मार्फत विद्यार्थीहरुलाई अध्यापनमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममलाई सम्बोधन गदै प्याब्सन लुम्बिनी प्रदेशका सदस्य डिबि थापाले स्कुल हरेक गतिविधिमा अब्बल रहेको बताउदै बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक र शिक्षकको साथ उत्तिकै आवश्यक रहनेमा जोड दिनु भयो ।
विद्यालयका अभिभावकहरुले आफुहरुले गरेको विश्वास अनुसार वालवालिकाले गुणस्तरिय शिक्षा प्राप्त गरेको बताउनुभयो । स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयको सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजा, विद्यालयले प्राप्त गरेका अवार्डहरुको बारेमा जानकारी गराउनुभएको थियो । विद्यालय सञ्चालक समितिका निवर्तमान अध्यक्ष डिल्लीराज भुसालले कार्यक्रम सफल बनाउनका लगि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक, पुर्व शेयर सदस्य, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी संञ्चारकर्मि लगायतको उपस्थिती रहेको थियो । विद्यालयका सह प्रचार्य मदन मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रम शिक्षक कृष्ण थापा र शिक्षिका राधा पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *