ग्यालेक्सी युथ क्लबद्वारा बाणगंगाकी एक वृद्धलाई खाद्यन्न लगायतका सामाग्री प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । सामाजिक कार्य मार्फत छोटो समयमै उत्कृष्ट पहिचान बनाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले गरिब, विपन्न, असहाय, अपाङ्ग, को लागि खाद्यान्न वितरण अभियान जारी राखेको छ । खान र लगाउन धौधौ हुने परिवारको लागि खाद्यन्न लगायतका सामाग्रि वितरण गर्न थालेको हो ।

त्यसै अनुसार क्लबले बाणगंगा नगरपालिका– १ मा वसोवास गर्ने ६४ वर्षिय मनकला रणपाललाई खाद्यन्न लगायतका समाग्री प्रदान गरेको छ । घरमा उनी बाहेक कोहि नभएको र आर्थिक अवस्था पनि निक्कै कमजोर रहेकोले खाद्यन्न, सरसफाई लगायतका समाग्रि प्रदान गरिएको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन ।

यस अभियान अन्तर्गत अबको दुई महिनासम्म जिल्लाका विपन्न परिवारको पहिचान गरेर खाद्यन्न तथा आवश्यक सामाग्रि वितरण गर्ने कार्यक्रम रहेको छ । ग्यालेक्सी युथ क्लबले जिल्लामा सरसफाई अभियान, सफा कपिलवस्तु अभियानु, सपना बोक्ने झोला अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *