रामदतिवनधामका पिठाधीसद्वारा एक सय विद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडानम्बर–९ मा अवस्थित रामदतिवनधामका पिठाधीस कृष्णशरण दास् महाराजले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गर्नुभएको छ । झण्डामा सम्पन्न ७ दिने महायज्ञ बाट आएको दक्षिणाको केहि भागबाट स्थनीय श्री माध्यमिक विद्यालयका १ सय विद्यार्थीहरुलाई कापि र पेन्सिल लगायतका शैक्षिक सामाग्रि प्रदान गर्नुभएको हो ।

विभिन्न ठाउामा सञ्चालन हुने महायज्ञ लगायतका धार्मिक कार्यक्रम बाट आएको दक्षिाणको १० प्रतिशत विभिन्न सामाजिक कार्यमा लगाउँदौ आउनुभएका उहाँले यस पटक उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि प्रदान गर्नुभएको हो । शैक्षिक सामाग्रि वितरण गर्दै पिठाधीस कृष्णशरण दास् महारजले आफु सहभागि हुने विभिन्न धार्मिक कार्यक्रमबाट हुने आम्दानीको केहि भाग समाजसेवा र केहि भाग रामदतिवनधामको विकासको लागि लगाएको बताउनुभयो । २०६० साल बाट आफु रामदतिवन धाममा बस्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले यसपटकको महाशिवरात्रीको अवसरमा रामदतिवन धाममा विभिन्न धार्मिक कार्यक्रम हुन लागेको भन्दै सबैलाई निमन्त्रण समेत गर्नुभएको थियो । त्यस्तै उहाँले नैतिकत, हाम्रो धर्म, संस्कृति लगायत विभिन्न विषयमा प्रवचन समेत दिनुभएको थियो ।

त्यस्तै विद्यालयकी प्रधानाध्यापक कृष्ण श्रेष्ठ टण्डनले धार्मिक कार्यमा सक्रिय रहँदारहदै पनि आफ्नै विद्यालय र विद्यार्थीलाई छनौट गरेर सहयोग गरेको भन्दै उहाँलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रम विद्यालयककी प्रधानाध्यापक टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक किरण पन्थिको स्वागत तथा शिक्षक कृष्ण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *