कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका नेता डोलकराम घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिएका छन । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट गत चुनावमा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिएका हुन ।
कपिलवस्तु क्षेत्र नम्बर १ ले वर्तमान राजनीतिक अवस्था, परिस्थिति र स्थानीय जनभावनालाई ध्यानमा राखी ३ जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाइएको तर, क्षेत्रीय कार्यसमिति र प्रतिनिधिहरूको सिफारिस तथा निर्धारित प्रक्रिया बाहिर गएर केन्द्रबाट टिकट वितरण गरिएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन ।
साथै उनले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई सर्मथन गर्ने वैखरी अनलाइनलाई बताए । स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई जिताउन आफु पक्षका नेता तथा कार्यकर्तालाई उनले आवहान समेत गरेका छन ।
यस्तै क्षेत्रीय प्रतिनिधि बिरेन्द्र श्रेष्ठले पनि पदबाट राजीनामा दिदै आशिष शर्मालाई जिताउन सबैलाई अनुरोध गरेका छन

