जनहित अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौको सङ्ख्यामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपमा बुद्धभुमिको वडा नम्बर १० मा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्दै उनीहरुले पुराना राजनैतिक दलहरुका कारण देश कठिन परिस्थिति बाट गुज्रिरहेको भन्दै रास्वपाले नै यस बाट पार लगाउन सक्ने पार्टी भएको बताएका छन ।
अब सम्पुर्ण नेपालीको भरोसा रास्वपामा नै रहेको भन्दै आफुहरुपनी रास्वपामा आएको उनिहरुले बताए ।
यता पार्टीले बुद्धभूमिमा सुरु भएको जनलहर अब महाराजगञ्ज, यशोधरा, कपिलवस्तु हुँदै बाणगङ्गा सहित समग्र जिल्ला भरनै विस्तार हुँदै जाने बताएको छ ।
क्षेत्रनम्बर २ बाट उम्मेदवारी दिएका पूर्व एसएसपी विक्रम सिंह थापाले मतदातासंगको भेटघाट तथा संवादलाई तिव्र पारेका छन । उनले मतदाताको घरदैलोमै पुगि सुझाब संकलन गदै संवादलाई निरन्तरता दिएका हुन ।
मतदाता भेटघाटको क्रममा उनले किसान, व्यवसायी, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारसम्बन्धी मुद्दामा छलफल गरिरहेका छन ्। “राजनीति भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्छ,” भन्दै थापाले जनतासँगै बसेर समाधान खोज्ने राजनीति आफ्नो प्राथमिकता भएको बताएका छन ।
मतदाताहरुले पनि थापाको उम्मेद्वारीलाइ सकारात्मक रूपमा लिएका छन् ।

