जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघले राष्ट्रिय प्रशिक्षण कार्यक्रम कपिलवस्तुमा सम्पन्न गरेको छ । एक संकल्प राष्ट्रका लागि राष्ट्रका सेवक स्वयंसेवक भन्ने मुल नारा सहित
राष्ट्रिय अध्ययन तथा अनुसन्धानका लागी अवलोकन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कर्याक्रमका प्रमुख अतिथि तथा आशिर्वचन सारिपुत फाउन्डेसनका भन्ते सुमंगलो शाक्यपुतले संघले आपत बिपतमा परेका मानिसहरुको सेवा गर्ने उदेश्य सहित संचालन गरेको कार्य उत्कृष्ट रहेको बताउनुभयो ।
त्यास्तै विशिष्ट अतिथि प्रमुख वक्ता नेपाल ब्रदर्शका संचालक बेद प्रकाश शर्माले स्वयंसेवकको काम र कर्तव्य बारे प्रष्ट पार्नु भएको थियो। त्यास्तै धुर्व प्रसाद नेपालले यो सस्था आम्दानीको स्रोत नभई नितान्त सेवाको लागि संचालन गरिएको बताउनु भयो।
नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले यस सस्थाले स्वदेशी उत्पादन बढाउन जोड, संरक्षण तथा उपयोग,स्वदेशी उत्पादन प्रगयोग गर्ने, शैक्षिक क्षेत्रमा सहयोग गर्ने, हत्या हिशां बलात्कार रोक्न पहल, देस भरिका नागरिकमा स्वतन्त्रताको महसुस गराउने जस्ता कार्य गर्दै आएको बताउनु भयो।
यस्तै प्रशिक्षणको क्रममा देशको परिस्थितिलाई मध्य नजर गर्दै सास्कृती, राष्ट्रियता लगायतका बिषयमा दुई दिने कार्यक्रम भएको थियो। पहिलो दिनमा प्रसिद्ध धार्मिक स्थल लुम्बिनीमा भ्रमण अवलोकन भएको थियो। त्यास्तै दोस्रो दिनमा ध्यान, योग, साधना, लगायतका विषयमा प्रशिक्षण कार्यक्रम गरिएको थियो।
नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालन प्रदेश सचिव बिन्द्रेसरी यादवले गर्नुभएको थियो । कार्यक्रममा संघका प्रदेश प्रतिनिधि, विभिन्न विभाग प्रमुख सस्थामा आवद्ध सेवक, सञ्चारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।




