जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्रनम्बर १ ले निर्वाचन लक्षित घरदैलो अभियानलाई तिव्रता दिएको छ । राप्रपाले क्षेत्रनम्बर १ को दक्षिणी भेगबाट घरदैलो अभियानलाई तिव्रता दिएको हो ।
यसैबिचमा क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार शत्रुघर विलास सिंह कर्मीले विगतदेखि नै आफुले जनताको आवाज बोलिरहेको भन्दै संसदमा पुगेर पनि जनताको आवाजलाई थप बुलन्द पार्ने बताउनुभएको छ । घरदैलोको क्रममा उहाँले मतदाताको गुनासो सुनिसकेपछि यस्तो बताउनुभएको छ ।
जनताबाट राम्रो प्रतिक्रया पाइरहेको भन्दै आफ्नो जित सुनिश्चत रहेको उम्मेद्वार कर्मीले बताउनुभयो । राप्रपाको राष्ट्रवादी एजेन्डाका कारण पछिल्लो समय राप्रपामा जनलहर बढेको उहाको दाबी रहेको छ । घरदैलो कार्यक्रममा राप्रपाप्रति आम नागरिकको एक छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको उहाँले बताउनुभयो । देशका प्रमुख राजनितिक पार्टीहरुलाई पटकपटक जिताएर पठाएको तर त्यसले देशलाई सहि दिशा प्रदान गर्न नसकेको भन्दै मतदाताहरुले आफु समक्ष गुनासो गरेको कुर्मीले बताउनुभयो ।

