दलहरुलाई चुनौती दिएका शर्मा मतदाताका गुनासो सुन्न व्यस्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र उम्मेद्वारी मार्फत पुराना राजनैतिक दलहरुलाई चुनौति दिइरहेका कपिलवस्तु–१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मतदाता भेटघाटलाई तिव्र बनाइरहेका छन । मनोनयन दर्ता सङ्गै दक्षिणी भेगमा उनले मतदाताका गुनासा सुन्ने र उनीहरुका समस्यालाई प्रत्यक्ष अनुभव गरिरहेका हनु ।

मतदाता भेटघाटको क्रममा उनले घरदैलो किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारसम्बन्धी मुद्दामा छलफल गरिरहेका छन्। “राजनीति भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्छ,” भन्दै शर्माले जनतासँगै बसेर समाधान खोज्ने राजनीति आफ्नो प्राथमिकता भएको बताए।

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवार शर्माको यो शैलीलाई सकारात्मक रूपमा लिएका छन्। लामो समयपछि कुनै उम्मेदवार आफैं घरआँगनमा आएर समस्या सुनेको भन्दै उनीहरूले आशा र विश्वास व्यक्त गरेका छन्।
स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका शर्माले स्थापित दलहरूको परम्परागत प्रचारशैलीभन्दा फरक, जनकेन्द्रित र उत्तरदायी राजनीति प्रस्तुत गर्ने दाबी गरेका छन्। मतदातासँगको निरन्तर भेटघाटले कपिलवस्तु–१ मा चुनावी माहोल थप चासोपूर्ण बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *