कपिलवस्तु व्यापार मेलाको तेस्रो दिन भोलि पुस्कल शर्मा र प्रिती पाशवानको विशेष प्रस्तुति रहने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा ।बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ७ गते आईतबार प्रमुख प्रस्तुति लोकप्रिय गायक–गायिकाहरू, हास्यकलाकार, डान्स स्टार तथा सांस्कृतिक झाँकी रहनेछ ।

आयोजक उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार आइतबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक पुस्कल शर्मा, भोजपुरी मोडल प्रिती पाशवान रहेका छन् । यस्तै गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।

मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु। १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ।

जसका लागि पर्यटन प्रवर्द्धन र स्वस्थ जीवनशैली प्रोत्साहनका लागि साइकल स्ट्यान्ड व्यवस्था गरिएको आयोजकले जनाएको छ।

उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *