जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा अवस्थित जितपुर मन्टेस्वरी स्कुलको अभिभावक भेला तथा परिक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । स्कुलको प्रागंणमा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन पश्चात अभिभावक भेला सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष असीम कंडेल क्षेत्रीले मन्टेश्वरी स्कुललाई पुर्ण रुपमा अभिभावकको चाहाना र बालबालिकाहरुको आवश्यक्तालाई मध्यनजर गर्दै अगाडी बढाइएको बताउनुभयो । स्कुलको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न सम्पुर्ण अभिभावकको सल्लाह सुझाब आवश्यक पर्ने पनि उहाँले बताउनुभाये ।
स्कुलकी प्रिन्सिपल पुष्पा महतरा, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षिका सारदा नेपालीले गर्नुभएको थियो ।

